रोचक

युरोकप जारी रहँदासम्म श्रीमतीले रोमान्समा प्रतिबन्ध लगाएपछि…

शेयर गर्नुहोस्

(एजेन्सी)। बेलायतमा फुटबल एक दम्पत्तिको आपसी प्रेम तगारो बनेको छ। यहाँका एक व्यक्तिले आफ्नो श्रीमतीले युरोकप जारी रहँदासम्म रोमान्समा प्रतिबन्ध लगाइदिएको भन्दै दुःख पोखेका छन्। ती व्यक्तिले आफू र श्रीमतीले पहिला सँगै बसेर निकै फुटबल हेरेकोसमेत बताएका छन्।

हाल युरोकपको नकआउट चरणका खेलहरु चलिरहेका छन्। ती व्यक्तिका अनुसार यसअघि दुबैजना सँगै बसेर फुटबलको खुब मजा लिन्थे। इंग्ल्याण्डले गोल गर्दा दुबैजना चिच्याउँथे र हार व्यहोर्दा दुबे दुःखी हुन्थे।

तर, अब समय त्यस्तो रहेन। ती व्यक्तिका अनुसार अब उनकी श्रीमतीले फुटबल हेर्न छाडेकी छन्। युरोकप शुरु भएपछि उनले सेक्समाथि पनि प्रतिबन्ध लगाइदिएको बताएका छन्।

उनका अनुसार सेक्सका लागि श्रीमती निकट जाँदा उनले हात झ्टकाइदिएकी थिइन्। उनले आफ्नो यौन जीवनमै समस्या आउने चिन्ता प्रकट गरेका छन्।

करिब १० वर्षदेखि सँगै बस्दै आएको यो जोडीका दुई बालबालिका छन्। अहिले आफूले फुटबल हेर्दा बालबालिकाले डिस्ट्रब गर्ने गरेकोसमेत उनले बताएका छन्।

आफूले फुटबल खेलका कारण श्रीमतीको योजना अनुसार काम नगरेकाले समस्या आएको उनले बताएका छन्। फुटबल खेल छाडेर आफू काममा नजाने भएकाले श्रीमतीले विरोध जनाएको उनको बुझाइ छ। श्रीमतीले आफूले एक्लै बालबालिकाको हेरचाह गर्दा विरामी परेकोसमेत बताएकी छन्।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।