कोरोनासाइप्रस न्युज

मंगलबार पनि ३३२ मा कोरोना पुष्टी, कोरोनाको खोप लिनेलाई भत्ता दिन प्रस्ताव

शेयर गर्नुहोस्
समिम मियाँ
२९ जुन २०२१

साइप्रसमा कोरोना को संक्रमण मा पुन: तीव्रता  आएको छ।  सोमबार ३१४ मा संक्रमण पुष्टी भएकोमा मंगलबार यो संख्या बढेर ३३२ मा पुगेको छ।  यो संगै पोजेटिभिटि डर पनि बढेको छ।

स्वास्थ्य मन्त्रालयले आज जारी गरेको  कोरोना रिपोर्ट अनुसार ४९,७४१ नमुनाको  पिसिआर र र्यापिड टेस्ट गरिएकोमा ३३२ मा संक्रमण देखिएको हो। आज को ताजा आंकडा अनुसार हाल सम्म ७५,४३१ संक्रमित भै सकेका छन्।

कन्ट्याक्ट ट्रेसिङ्ग मा परेका मध्य १३  जना, पापोस र लार्नाका एयरपोर्ट बाट लिएको नमुनामध्य ४  जना, व्यक्तिगत रुपमा चेक गराउने मध्य ५६  जना, जनस्वास्थ्य ल्याब बाट २  जना, प्राइभेट रुपमा गराइएका र्यापिड टेस्टमा ७  जना र सरकारी टेस्तिङ्ग कार्यक्रम अन्तर्गत २४९  जना मा कोरोना पुस्टी भएको हो।

देश भरका विभिन्न जिल्ला मा गरिएको सरकरी टेस्तिङ्ग कार्यक्रम अन्तर्गत २४९  बिरामी फेला परेका मध्य निकोसियामा ९७  जना, लार्नकामा ३६  जना, लिमासोलामा ६० जना, पापोसमा९  जना , फामागुस्तामा ३२  जना, विभिन्न बिजनेश सेन्टर बाट ८ जना, औधोगिक क्षेत्र इरगेट्स बाट १ जना  र देशको सेना (नेशनल गार्ड ) मा ५ जनामा संक्रमण पुष्टी भएको हो।

सरकारले खोप कार्यक्रम मा सहभागी हुन अनुरोध गरेको छ।  बढ्दो कोरोनाका कारण स्वास्थ्य मन्त्रालय अलर्ट मा बसेको छ।  राष्ट्रपति निकोस अनास्टसियादेश ले सोमबार साँझ महामारी विशेषज्ञ संग छलफल गर्नु भएको छ।

शुक्रबार बस्ने मंत्रीपरिषद को बैठकले बढ्दो संक्रमण प्रति कस्तो निर्णय गर्छ  त्यो भने हेर्न बाकीं छ।  बैठकमा कडा प्रतिबन्ध वा लकडाउन बारे कुनै प्रस्ताव गरिएको छैन यधपी भ्याक्सिन लगाउन प्रेरित गर्ने निर्णय हुन् सक्ने छन्।

स्थानीय मिडिया अनुसार भ्याक्सिन लगाउनेलाई केहि भत्ता वा विशेष सुविधा दिन सकिने बारे कुरा उठेको समाचार छ। भ्याक्सिन लगाउने व्याक्तिको हकमा केहि प्रोत्साहन भत्ता दिन सकिने बारे आफ्नो प्रस्ताव  राख्न  यातायात मंत्री यानीस करुसोसले सबै मन्त्रालायलाई अनुरोध गर्नु भएको छ।

ग्रीस ले पनि युवा वर्गलाई लक्षित गर्दै भ्याक्सिन को पहिलो डोज लगाउनेलाई भत्ता स्वरुप १५० युरो र एक महिनाको नि:शुल्क मोबाइल इन्टरनेट दिने भएको छ।

यो समाचार पनि पढ्नुहोस : ग्रीसमा कोरोनाको खोप लगाए १५० युरो र एक महिनाको इन्टरनेट नि:शुल्क

यो पनि हेर्नुहोस् ,  जुन ३० तारिख बुधबार कोरोना को र्यापिड टेस्ट कहाँ हुन्छ ?

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।