प्रवास

झगडाका कारण कुवेतमा नेपाली प्रेमी–प्रेमीकाले गरे एकै दिन आत्महत्या

शेयर गर्नुहोस्

कुवेत सिटी। करिब ३ वर्षअघि रञ्जित घिमिरे र पेसी शेर्पा वैदेशिक रोजगारीका लागि कुवेत आएका थिए। रञ्जित जहाँ एउटा बहुराष्ट्रिय कम्पनीमा काम गर्थे भने शेर्पा घरेलु महिला कामदारको रुपमा कुवेत प्रवेश गरेकी थिइन।

उनीहरूबीच भएको पटक–पटकको भेट प्रेममा रुपान्तरण भयो।

उनीहरूले बिहे गर्ने र सँगै बस्ने योजना पनि बनाएका थिए। तर, लामो समय प्रेम सम्बन्धमा रहेका उनीहरूबीच केही समयदेखि केही विषयलाई लिएर विवाद उत्पन्न भएको थियो।

तर, त्यो विवादलाई सल्टाउन नसक्दा मंगलबार साँझ उनीहरू मृत फेला परे। उनीहरूबीच के कुरामा विवाद भयो? त्यो अहिलेसम्म सार्वजनिक भएको छैन। तर, साँझ ७ बजे फर्वानियास्थित आफ्नो कोठामा रञ्जित मृत फेला परे।

उनी डोरीले पासो लागेर आत्महत्या गरेको अवस्थामा फेला परेका थिए। त्यस्तै उनकी प्रेमिका पेसी शेर्पा पनि (स्पोन्सर) घर मालिकको घरमा पासो लागेर आत्महत्या गरेको कुवेत प्रहरीले फेला पारेको छ।

रञ्जित नुवाकोट र शेर्पा सोलुखुम्बु पिङ्ला–११ निवासी हुन्। तर, उनीहरूको कुवेतमा एकै दिन आत्महत्याको काण्डले धेरै शंका उत्पन्न भएको छ। मृतक घिमिरे र शेर्पा प्रेम सम्बन्धमा रहेको र उनीहरूले जुन २५,२०२१ शुक्रबार आत्महत्या गरेको कुवेत प्रहरीले बताएको छ।

यस विषयमा कुवेतस्थित दूतावासका द्धितिय सचिव श्रीकृष्ण सिलवालले राहदानी –१०८८०२५५ रहेकी पेसी शेर्पा र राहदानी– १०२०३३१५ का रञ्जित घिमिरेले जुन २५, २०२१ शुक्रबार एकै दिन आत्महत्या गरेको जानकारी दिएको छ।

सिलवालले भने, ‘उनीहरू प्रेम सम्बन्धमा रहेको जानकारी हामीलाई छैन। मृतक सोलुखुम्बुकी पेसी शेर्पाको शव नेपाल पुगिसकेको छ र मृतक रञ्जित घिमिरेको शव पठाउने प्रकृया सुरु भएको छ।’

यो समाचार पनि पढ्नुहोस् : ग्रीसमा कोरोनाको खोप लगाए १५० युरो र एक महिनाको इन्टरनेट नि:शुल्क

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “झगडाका कारण कुवेतमा नेपाली प्रेमी–प्रेमीकाले गरे एकै दिन आत्महत्या

Comments are closed.