Domestic Workerमहत्वपूर्ण जानकारी

साइप्रसमा रिलिज लिनको लागि इम्प्लोयरलाइ दिने 30 Days Notice Period लेटर कसरी लेख्ने ?

शेयर गर्नुहोस्

Last update : 26/04/2023

घरेलु कामदारले रिलिज माग्दा इम्प्लोयर ले दिदैनन् फलस्वरूप  प्राय: ले ड्युटी र घर छोडेर इम्प्लोयर विरुद्द इमिग्रेसन वा लेबर कोर्ट मा कम्प्लेन गर्न जान्छन।  यहाँ बुझ्नु पर्ने कुरा के हो भने , जब तपाई ले आफ्नो ड्युटी छोडेर  इम्प्लोयर को घर बाट निस्किनु हुन्छ तब तपाई ले आफ्नो करार सम्झौता को उल्लंघन गर्नु हुन्छ।

अनि तपाई को इम्प्लोयर ले सोहि दिन इमिग्रेसन मा फोन मार्फत वा उपश्थित भएर तपाई ले करार तोडेर हिडेको भनेर तपाइँ विरुद्द नै केस गर्दिन्छ।  जब तपाईले इमिग्रेसन मा कम्प्लेन गरेर लेबर कोर्ट जानु हुन्छ तब तपाइँ को उजुरी त लेखिन्छ।

तर जब फैसला आउछ त्यो तपाइँ को विपक्ष मा आउछ यानी तपाई ले केस हार्नु हुन्छ।  कोर्ट ले ३० दिन मा साइप्रस छोड्न आदेश दिन्छ।  हुन त त्यो आदेश को अपिल गर्न सकिन्छ तर पनि तपाइँ ले जानी अन्जानिमा गरेको आफ्नो करार सम्झौता को उल्लंघनले तपाइँ को गल्ति हुन्छ।

त्यस्तो हुन नदिन तपाइँ ले आफ्नो गल्ति हुन बाट बच्न र कानुनी पक्ष मजबुत बनाउन यी कुरा बुझ्नुहोस्।

रोजगारदाता र घरेलु श्रमिक बीच हुने करार सम्झौता लाई भंग गर्न वा रद्द गर्न बिचको माध्यम ३० दिने सुचना को कागजपत्र  (30 days notice letter  ) हो।  साइप्रसको श्रम कानुनले पनि घरेलु कामदारले रोजगारदाताको  काम मन नपरेको खण्डमा ३ जना इम्प्लोयर रोज्न सकिने व्यवस्था गरेको छ।

घरेलु कामदारले रोजगारदाता फेर्न इच्छा गरेमा कानुनले पनि ३० दिने नोटिस इम्प्लोयरलाई  दिन सुझाएको छ।  दिएको नोटिसलाई प्रमाण को रुपमा  इमिग्रेसन र लेबर कोर्ट मा पनिबलियो आधारको रुपमा पेश गर्न सकिन्छ।

 

३० दिने नोटिस को नमुना

 

30 Days Notice Period Letter

 

Subject : Resigning Letter

I, ( तपाइँ को नाम ), a citizen of  Nepal , Passport number (पासपोर्ट नम्बर  ) and ARC Number (एलियन रजिस्ट्रेसन नम्बर ), or Entry Visa Number CY (भिसा नम्बर ), do hereby give (इम्प्लोयर को पुरा नाम  ) 30 days Notice that I am leaving your house.

According to the contract, Paragraph 5, Clause “D,” which we both signed, I am exercising my legal right to cancel the Employment contract.

Once the 30 day period is finished, I will be going out of your house. Please make sure that all my salary is paid in full on the day I go, and my Annual leave is paid up to date, and please grant me Release.

……………. Your name
……………. Signature

……………. Employer’s name
……………. Employer’s signature

……………. Date

 

यो पेपर डाउनलोड गर्न  क्लिक गर्नुस्।

जब तपाइँ ले रिलिज माग्नु हुन्छ तपाइँको  इम्प्लोयरले पक्कै तपाइँ लाई रिलिज दिदैन र रिसाएर खुब नाटक गर्ने गर्दछन।  तपाइँ ले दिने नोटिस  मा इम्प्लोयर ले पनि हस्ताक्षर गर्नु पर्ने हुन्छ।

उनीहरु ले त्यो नोटिस लिन नि सक्छन नलिन नि सक्छन।  लिए भनि साइन गर्छन , लिएनन भने रिसाएर जात्रा गर्छन् वा च्यातिदिन नि सक्छन्  , यस्तो अवस्थामा कसरि दिने त ?

नोटिस लेख्नुस र एक कपि आफु संग नि राख्नुहोस्  र एउटा खाम मा हालेर इम्प्लोयर को नाम र ठेगाना लेखेर पोस्ट अफिस बाट डबल रजिस्टर पोस्ट गरि पठाउनु होस् जसको मुल्य करिब ३ युरो ४० सेन्ट लाग्छ।  डबल रजिस्टर पठाउदा पोस्ट अफिसले तपाइँलाई एउटा रसिद दिन्छ त्यो सुरक्षित गरि राख्नुहोस्।

जब तपाइँ को इम्प्लोयर ले सो खाम पाउछ उसले प्याकेज पाए भनेर पोस्ट अफिसको पिङ्क रिसिभ कार्ड मा साइन गर्नै पर्छ यदि साइन गरेन भनि उनिहरुले सो प्याकेज पाउदैनन्।

 

तपाइँ ले राखेको नोटिस लेटर र पोस्ट अफिसबाट पठाएको चिठीको रसिद लाई प्रमाण को रुपमा लेबर कोर्टमा देखाउन मिल्छ।

यो तरिकाबाट उनीहरुले रिलिज दिन बाट पन्छिन मिल्दैन।  प्याकेज रिसिभ गरेको दिन देखि तपाइँ को इम्प्लोयरले ३० दिन भित्र अर्को मान्छे खोजेर तपाई लाई रिलिज दिनै पर्ने हुन्छ।

रिलिज मा साइन गर्नु अघि तपाइँ ले आफ्नो तलब र वार्षिक छुट्टीको पैसा (बोलीचाली को भासामा बोनस) लिनु होला।  एक चोटी तपाइँ ले साइन गर्नु भयो भने अब तपाइँ ले उसबाट सबै बाँकी तलब र हिसाब किताब लिनु भयो भन्ने बुझिन्छ त्येसैले पैला सबै पैसा लिएर मात्र रिलिज मा साइन गर्नु होला।

(सौजन्य :साइप्रसएनदाक्सी डट कम मा प्रकाशित सामाग्री )

यो पनि पढ्नुहोस् : इम्प्लोयरबाट रिलिज पेपर कसरी लिने ?

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

14 thoughts on “साइप्रसमा रिलिज लिनको लागि इम्प्लोयरलाइ दिने 30 Days Notice Period लेटर कसरी लेख्ने ?

Comments are closed.