कोरोनादेश विदेश

आज देखि युरोपियन युनियनमा भ्याक्सिन पासपोर्ट अवधारणा लागु, सेन्जेन क्षेत्रमा खुला आवतजावत

शेयर गर्नुहोस्

ईयुले आजकै मिति बाट आफना सदस्य रास्ट्रहरुमा कोभिड सर्टिफिकेट (भ्याक्सिन पासपोर्ट ) अवधारणा लागु गरेको छ।यो अवधारणा अनुसार पूर्ण मात्रामा भ्याक्सिन लगाएकाहरुले उक्त सर्टिफिकेट लिएर युरोपेली सेन्जेन क्षेत्रमा खुला आवतजावत गर्न सक्नेछन। 

ईयुले सबै सदस्य रास्ट्रहरुले उक्त भ्याक्सिन पासपोर्टको क्यु आर कोड मार्फत सुचना जाच गर्न सक्ने प्रविधि ब्यबस्थापन गरेपछि आजै देखि यो लागु गरिएको हो।  हंगेरीले निकै ढिला गरि आज साझ ५ बजे देखि ईयु कोभिड सर्टिफिकेट अनुसार आवतजावत गर्न सक्ने ब्यबस्था मिलाएको छ भने अन्य सेन्जेन देशहरुले यो ब्यबस्था लागु गरिसकेका छन्।

भ्याक्सिन पासपोर्ट पूर्ण मात्रामाको खोप लगाएपछि सम्बन्धित देशको भ्याक्सिन दिने निकाय मार्फत लिन सकिन्छ भने पूर्ण मात्राको खोप लगाएको दुई हप्ता पछि मात्र उक्त पासपोर्ट एक्टिभेट हुन्छ।

स्मरण रहोस भ्याक्सिन पासपोर्ट कोरोना प्रतिरोधी क्षमता प्रमाण मात्र हो , यात्रा गर्दा तपाइले आफ्नो रास्ट्रिय पासपोर्ट वा आई डी अनिवार्य बोक्नुपर्नेछ।

साइप्रसमा डिजिटल कोभिड सर्टिफिकेट यसरी डाउनलोड गर्नुहोस्

भ्याक्सिन लगाएको सर्टिफिकेट  डाउनलोड गर्ने तरिका

सरकारको वेबसाइट[  https://www.eudcc.gov.cy] मा जानुहोस्  वा यहाँ क्लिक गर्नुहोस्  भाषा मा अंग्रेजी छनोट गर्नुहोस्।

तेस्पछि Select certificate type मा क्लिक गर्नुहोस् र कस्तो किसिमको सर्टिफिकेट बनाउने  हो त्यो अप्सन रोज्नुहोस।

Vaccination, Recovery वा Laboratory testing मध्य Vaccination मा क्लिक गरि Continue मा क्लिक  गर्नुहोस्।

अब Type of document मा Alien registration Certificate (ARC) , पासपोर्ट, सिप्रियोट आइडि वा फोरेन आइडि नम्बर मध्य खोप लगाउन जाँदा दिनु भएको डकुमेन्ट  रोजेर Identification document number मा पासपोर्ट नम्बर लेख्नुहोस र तेस पछि Date of Birth मा  पासपोर्ट मा भएको आफ्नो जन्म मिति लेख्नुहोस् र NEXT मा क्लिक गर्नुहोस।  अब Insert the OTP sent to your mobile phone मा आफ्नो मोबाइल नम्बर मा आएको म्यासेज मा OTP यानी कोड हालेर next गर्नुहोस्।  अब तपाइँ को सर्टिफिकेट डाउनलोड हुन को लागि तयार छ।  Download and/or Print your certificate गरि सेभ गर्नुस वा प्रिन्ट गर्नुहोस् वा स्क्रिन सट लिएर राख्नुहोस्।

यो सम्बन्धि सम्पूर्ण जानकारी अंग्रेजी मा हेर्न यहाँ क्लिक गर्नुहोस।  नेपाली भाषा मा केहि दिन भित्र यहाँ क्लिक गरेर पढ्न सकिन्छ।

 

शेयर गर्नुहोस्