साइप्रस न्युज

साइप्रस सहित विभिन्न देशमा गर्मी बढ्यो, हालसम्मकै उच्च तापक्रम

शेयर गर्नुहोस्

समिम मियाँ

१ जुलाई २०२१/लिमासोल

संसार भरिका विभिन्न देशमा तापक्रम उच्च भएको खबर आइरहेका छन्।  उसो त गल्फ का देश मा तापक्रम बढ्नु कुनै नौलो होइन तर यस पटक को गर्मि सिजन को सुरुवातमै तातो ले अत्याई सकेको छ।

साइप्रसमा पनि केहि दिन देखि गर्मि बढेको छ। गत आइतबार देखि सिजन को पहिलो दिन उच्च तापक्रम पुगेको थियो। साइप्रस मौसम विभागका अनुसार तापक्रम अझै बढ्ने  पुर्वानुमान गर्दै  सतर्कता अपनाउन  भनेको छ।  मौसम विभागले तापक्रम अनुसार सतर्कता संकेत एल्लो  ओरेन्ज, रेड  गरि वर्गीकरण गरेको छ। ३ दिन सम्म लगातार तापक्रम उच्च रही रहे त्यसलाई ‘हिट वेभ ‘ भन्ने गरिएको छ।

मौसम विभागले अझै २ दिन हिट वेभ जारी रहने बताउदै बिहिबार बिहान ८.३० बजे देखि शुक्रबार बेलुकी ५ बजे सम्म को लागि ओरेन्ज सतर्कता संकेत जारी गरेको छ। शुक्रबार तापक्रम ४३ डिग्री सेल्सियस सम्म  र  पहाडी इलाकामा ३५ डिग्री सेल्सियस  सम्म पुग्ने अनुमान छ।

पश्चिम र  दक्षिण पश्चिम समुन्द्र तटीय इलाकामा भने तापक्रम ३४ डिग्री सेल्सियस, उत्तरी समुन्द्र तटीय इलाकामा ३८ डिग्री सेल्सियस र अन्य समुन्द्र तटीय इलाकामा ३६ डिग्री सेल्सियस सम्म पुग्ने अनुमान छ।

विभागका अनुसार शनिवार देखि सोमबार सम्म  मौसम अलि शितल हुने अनुमान छ भने आइतबार केहि स्थान मा वर्षा हुने अनुमान छ।

आज बिहिबार विभिन्न स्थानको तापक्रम यस प्रकार छ।   निकोसिया ४२, लार्नाका एयरपोर्ट ३५, लिमासोल ३४, पापोस एअरपोर्ट ३१, फ्रेनारोस ३५, प्रोद्रोमोस ३३ र पोलिस chrysochous ३९ डिग्री सेल्सियस मापन गरिएको थियो।

क्यानडामा अत्यधिक गर्मीले निम्त्याएको तातो हावाबाट २३० को मृत्यु, हालसम्मकै उच्च तापक्रम

क्यानडामा अत्यधिक गर्मीका कारण पछिल्ला केही दिनमा आएको तातो हावामा परेर कम्तीमा पनि २३० जनाको मृत्यु भएको छ । क्यानाडाका अधिकारीहरुले दिएको जानकारीअनुसार क्यानाडाको तापक्रम अहिलेसम्मकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ । यस तापक्रमका कारण तातो हावा चलिरहेको बताइएको छ ।

यसैकारण ती नागरिकको मृत्यु भएको हो। यहाँका विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका वृद्ध मानिसहरुलाई यो तातो हावाले बढी असर गरेको छ । मृत्यु हुनेमा धेरैजसो तिनै नागरिकहरु परेका बताइएको छ ।

क्यानाडाको खासगरी ब्रिटिश कोलम्बिया प्रान्तका नागरिक बढी प्रभावित भएका छन् । जसका कारण यहाँका नागरिकमा विभिन्न स्वास्थ्य समस्याहरु पनि देखिएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।

प्राप्त समाचार अनुसार मंगलबार मात्र क्यानाडाको तापक्रम अधिकतम ४९.६ डिग्री सेल्सियस मा पुगेको थियो । यहाँ यो अहिलेसम्मकै उच्च तापक्रम भएको बताइएको छ ।

क्यानाडाको तापक्रम बुधबार चौथो दिन पनि उच्च नै रहेको बताइएको छ । अमेरिकाको उत्तर पश्चिमी क्षेत्रमा पनि तापक्रम निकै बढेको छ । तातो हावाका कारण अमेरिकाका यी क्षेत्रमा पनि केही मानिसको ज्यान गएको बताइएको छ ।

तातो हावाका कारण ब्रिटिश कोलम्बिया क्षेत्रमा जनजीवन नै प्रभावित भएको छ । ब्रिटिश कोलम्बिया प्रान्तको लिटन गाउँमा सबैभन्दा धेरै तापक्रम देखिएको छ । उक्त गाउँका स्थानीयहरुका अनुसार अहिले सो गाउँबाट मानिसहरु बाहिर निस्किन सक्ने अवस्था देखिएको छैन ।

क्यानाडाको भ्यानकुभरमा मात्रै गत शुक्रबारयता ६५ जनाको मृत्यु भएको बताइएको छ । यसरी मृत्यु हुनुमा अत्यधिक गर्मी नै प्रमुख कारण रहेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीको भनाई छ।

यता इराक, युएइ, कुवेत लगायत मा पनि तापक्रम ५० डिग्री सेल्सियस भन्दा माथि पुगेको खबर आइरहेका छन्।

यो समाचार पनि पढ्नुहोस् : साइप्रसमा रिलिज लिनको लागि इम्प्लोयरलाइ दिने 30 Days Notice Period लेटर कसरी लेख्ने ?

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।