प्रवास

एनआरएनए माल्टाको अगामी कार्यकालका लागि समाबेशी समुहबाट रेमलाल खनालको उम्मेदवारी

शेयर गर्नुहोस्

सारा नेपालीहरु साझा सस्था गैरआवासीय नेपाली सघं माल्टाको अगामी कार्यकालका लागि रेमलाल खनालले अध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएको छ । उहाले आज साईप्रस नेपाल डटकमसगं टेलीफोनमा कुराकानी गर्दै सो जानकारी दिनुभएको हो । खनालले आफुहरु अगामी कार्यकालका लागि विभिन्न १० बुदे घोषणा पत्र समेत सर्बजनिक गर्दै एनआरएनएलाई आफु नेपालीहरुको साझा सस्था बनाउनका लागि जस्तो सुकै काम गर्न तयार रहेको बताए । उहाले प्रतिबध्दतामा

गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टालाइ सम्पूर्ण माल्टावासी नेपालीहरुको साझा संस्थाको रुपमा विकाश गर्ने ।
2; वैदेशिक रोजगारी , व्यवसाय र अध्ययनको शिलशिलामा माल्टामा बसोबास गर्ने नेपालीहरुको हकहीत र अधिकारको लागी सम्बन्धित निकायसँग छलफल तथा पहल गर्ने ।
3; माल्टावासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले जटिल समस्याको रुपमा भोग्दै आएका काउन्सिलर सेवाको लागी नेपाल सरकारको कुटनीतिक नियोगसँग समन्वय गर्दै समाधानका लागी पहल गर्ने ।
4; माल्टामा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा भाइचाराको सम्बन्ध कायम गर्दै विभिन्न कला , संस्कृति तथा खेलकुदको माध्यमबाट नेपालको पर्यटन प्रवर्धनको लागी पहल गर्ने ।
5; गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टालाइ वैधानिक रुपमा दर्ता गरी कार्यालय स्थापना गर्न पहल गर्ने ।
6; माल्टामा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुका बिचमा रहेका सम्भावनाहरुलाइ अध्ययन गरी सामूहिक लगानीको रुपमा माल्टा तथा नेपालमा लगानीको वातावरण सिर्जना गर्न पहल गर्ने ।
7; माल्टामा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुको समस्या समाधान गर्न यहाँको मल्टिज् सरकार , विभिन्न गैर सरकारी संस्थाहरुसँग समन्वय गर्दै समाधानका लागी पहल गर्ने ।
8; माल्टामा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुलाइ भैपरि आउने ( भवितव्य ) समस्याहरुलाइ समाधान गर्न विभिन्न सरकारी , अर्ध सरकारी तथा गैर सरकारी संघसंस्थाहरुसँग पहल गरी करिब 25,000/- युरो ( पच्चिस हजार ) सम्मको अक्षयकोष स्थापना गरी आपतकालीन राहात कोष सञ्चालन गर्ने ।
9; माल्टामा बसोबास गर्ने नेपालीहरुबाट माल्टामा जन्मेका बालबालिकाहरुको जन्मसिद्ध आधारमा पाउने अधिकार प्राप्तीका लागी मल्टिज् सरकारसँग समन्वय गर्ने ।
10; माल्टामा रहेका नेपालीहरुको मल्टिज् कानुनी प्रक्रिया सम्बन्धि रहेका समस्या समाधानका लागी स्थानीय कानुनविद्हरुसँग समन्वयन गरी हेल्पडेस्क ( HELP DESK ) स्थापना गर्ने ।
11; वैदेशिक रोजगारीको शिलशिलामा माल्टामा आइपर्ने समस्याहरुको समाधानका लागी नेपाल सरकारको कुटनैतिक नियोग तथा मल्टिज् सरोकारवालासँग समन्वयन् गर्दै समस्या न्यूनिकरण गर्ने आवश्यक पहल गर्ने ।
12; वैदेशिक रोजगारीको शिलशिलामा माल्टामा आवश्यक पर्ने सामाजिक सुरक्षा , विमा , स्वास्थ्य सम्वन्धि नीति ( Health approval ) एवम् बैंकिङ् खाता खोल्नमा सम्बन्धित निकायसँग समन्वय गरी छिटो , छरितो र भरपर्दो सेवाको लागी पहल गर्ने ।
13; इ.स. 2019/08/03 मा गैर आवसिय नेपाली संघ युरोप क्षेत्रको क्षेत्रीय सम्मेलनमा नेपाल सरकारका कुटनैतिक निकाय प्रमुख ( महामहिम राजदुत ) सँग भएको छलफल बमोजिमको निर्णय कार्यन्वायनको लागी पहल गर्ने लगाएतका बुदाहरु समेल गर्नुभएको छ ।
Move your mouse to view the photo in 3D
<img class="j1lvzwm4" src="data:;base64, ” width=”18″ height=”18″ />
<img class="j1lvzwm4" src="data:;base64, ” width=”18″ height=”18″ />
<img class="j1lvzwm4" src="data:;base64, ” width=”18″ height=”18″ />
You and 115 others
81 Comments
6 Shares
<img class="" src="data:;base64, ” alt=”Care” width=”18″ height=”18″ />
Care

Comment
शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *