कोरोना

साइप्रसमा बिहिबार ४७३  मा कोरोना पुष्टी, नेपालमा २,७६० मा कोरोना

शेयर गर्नुहोस्

समिम मियाँ

१ जुलाई २०२१/लिमासोल

साइप्रसमा कोरोना को संक्रमण आज पनि बढेको छ।  बुधबार ४२९ मा संक्रमण पुष्टी भएकोमा बिहिबार यो संख्या बढेर ४७३  मा पुगेको छ।

स्वास्थ्य मन्त्रालयले बिहिबार दिनभरिको टेस्टको जानकारी दिदै ३७,४५०  नमुनाको  पिसिआर र र्यापिड टेस्ट गरिएकोमा ४७३   मा संक्रमण देखिएको बताएको हो । आज को ताजा आंकडा अनुसार गत वर्ष मार्च देखि हाल सम्म ७६,३३३ जना  संक्रमित भै सकेका छन्।

कन्ट्याक्ट ट्रेसिङ्ग मा परेका ३५१   मध्य ४५  जना, पापोस र लार्नाका एयरपोर्ट बाट लिएको ३,०८५  नमुना मध्य ५ जना, व्यक्तिगत रुपमा चेक गराउने ३,०२१   मध्य ७९  जना, जनस्वास्थ्य ल्याब बाट २३५ मध्य ४  जना, प्राइभेट ल्याब र फार्मेसीमा गराइएका  ५२२  र्यापिड टेस्टमा १२ जना र सरकारी  नि:शुल्क र्यापिड टेस्ट कार्यक्रम अन्तर्गत ३०,११६  नमुना मध्य ३२८ जना मा कोरोना पुस्टी भएको हो।

देश भरका विभिन्न जिल्ला मा गरिएको सरकारी  नि:शुल्क र्यापिड टेस्ट कार्यक्रम अन्तर्गत ३२८  बिरामी फेला परेका मध्य निकोसियामा ११६  जना, लार्नकामा ४९ जना, लिमासोलामा १०९ जना, पापोसमा ८  जना , फामागुस्तामा ४४ जना  र देशको सेना (नेशनल गार्ड ) मा २ जनामा संक्रमण पुष्टी भएको हो।

अहिले देश भरिका हस्पिटलमा ४०९  जना कोभिड का बिरामी भर्ना भएका छन्।

सरकारले स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गर्न अपिल गरि रहेको छ।

जुन २० तारिख देखि  कोरोना को संक्रमणमा तीव्रता आइरहेको छ।  शुक्रबार बस्ने मंत्री परिषद को बैठकले कोरोनाको परिस्थिति अनुसार को कदम चाल्ने बारे निर्णय गर्नेछ।

नेपालमा थप २ हजार ७ सय बढीमा कोरोना पुष्टि, ४ हजार निको

बिहिबार नेपालमा २ हजार ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ७ हजार १३० पीसीआर र ३ हजार ८५५ एन्टीजेन परिक्षणमा क्रमशः १ हजार ८५७ र ९०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ७६ हजार ५०९ पुगेको छ । जसमध्ये ६ लाख १४९ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ४ हजार १७ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३१ हजार ३६८ रहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा ३३ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ९ हजार १४५ जनाको मृत्यु भएको छ ।

शुक्रबार कहाँ कहाँ हुदै छ नि : शुल्क कोरोना टेस्ट ?

यो समाचार पनि पढ्नुहोस : साइप्रसमा रिलिज लिनको लागि इम्प्लोयरलाइ दिने 30 Days Notice Period लेटर कसरी लेख्ने ????

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।