देश विदेश

क्यानडा र युरोप working visa मा पठाइदिन्छु भन्दै एक करोड भन्दा बढी ठगी गर्ने २ पक्राउ

शेयर गर्नुहोस्

काठमाडौं । रोजगारीको लागि क्यानडा पठाइदिने भन्दै एक व्यक्तिले एक करोड ५० लाख रुपैयाँ ठगी गरेको खुलेको छ ।

वर्किङ भिसामा क्यानडा जान पाइने आशामा १७ लाख डुबाएकी सर्लाही लालबन्दीकी ३० वर्षीया यमुना बस्नेतले प्रहरीमा उजुरी गरेपछि ठगी प्रकरण सार्वजानिक भएको हो।

काभ्रे पाँचखाल तामघाट घर भइ हाल काठमाडौंको नयाँ बानेश्वरमा बस्दै आएका २१ वर्षीय प्रजिन अधिकारीले बस्नेतबाट क्यानाडाको राम्रो कम्पनीमा काम लगाइदिने भन्दै १७ रुपैयाँ लिएका थिए। रकम लिएर विभिन्न बाहना बनाइ रहेका अधिकारी पछि सम्पर्कविहिन भएका थिए।

सम्पर्कविहिन भएपछि बस्नेतले १३ बैशाखमा महानगरीय अपराध महाशाखामा जाहेरी दरखास्त दिएकी थिइन् । खोजतलास गर्ने क्रममा अधिकारीलाई महाशाखाको विशेष टोलीले १७ असारमा काभ्रे बनेपाको दाहाल गाउँबाट पक्राउ गरेको छ।

प्रहरी अनुसन्धानमा अधिकारीले विभिन्न व्यक्तिलाई क्यानडालगायतका मुलुकमा वर्किङ भिसामा पठाइदिने प्रलोभन देखाएर एक करोड ५० लाखभन्दा बढी रकम ठगी गरेको अनुसन्धानमा देखिएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अधिकारीलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसरमा पठाइएको छ । महाशाखाले अधिकारीबाट ठगीएका अन्य पीडित भएमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

Working Visa मा युरोप पठाइदिने भन्दै एक करोड बढी ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारीका लागि इटाली पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले बुढानिलकण्ठ बस्ने उदयपुर त्रियुगा नगरपालिका–७ घर भएका ३६ वर्षीय उमेश रेग्मीलाई पक्राउ गरेको छ । उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार रेग्मीले विभिन्न व्यक्तिहरूलाई वर्किङ भिसामा यूरोपियन मुलुकमा पठाइदिन्छु भनी प्रलोभनमा पारी करिब १ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेका छन् ।

रेग्मीले रामेछाप उमाकुण्ड गाउँपालिका–३ बस्ने २३ वर्षीय सौगात सुनुवार लगायत ३ जनालाई वर्किङ भिसामा इटाली पठाइदिने प्रलोभनमा पारी जनही १० लाख ५० हजार रुपैयाँको दरले ३१ लाख ५० हजार रुपैयाँ लिएका थिए ।

उनीहरूलाई अजरबैजानसम्म पुर्याएर बिचल्ली बनाई फरार रहेका रेग्मीलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ललितपुर टिकाथलीबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

यो समाचार पनि पढ्नुहोस् : साइप्रसबाट एक मानव तस्कर पक्राउ, ८ जना पिडितको उद्दार

यो समाचार पनि पढ्नुहोस् : साइप्रसमा रिलिज लिनको लागि इम्प्लोयरलाइ दिने 30 Days Notice Period लेटर कसरी लेख्ने ?

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।