महत्वपूर्ण जानकारी

फेसबुक, भाइबर, ह्वाट्सएप, इमो बाट ठगी बढ्यो, कसरी बच्ने ?

शेयर गर्नुहोस्

पछिल्लो समय विभिन्न सामाजिक सञ्जालको दुरूपयोग गरी रकम ठगी गर्ने क्रियाकलाप बढिरहेको छ । फेसबुक, भाइबर, ह्वाट्सएप, इमोजस्ता सामाजिक सञ्जालबाट विभिन्न प्रलोभन देखाउँदै सोझा मानिसलाई ठगी गर्ने प्रवृत्ति बढेको हो । प्रहरी कार्यालयमा दिनहुँ यस्ता घटनाको उजरी टिपाउनेकाे संख्याले पनि यस्ता फ्रड बढिरहेकाे देखाउँछ ।

यसैबीच सुरक्षित रूपमा डिजिटल कारोबार गर्न नेपाल बैंकर्स संघले ग्राहकलाई सचेत गराएको छ । बुधबार एक सूचना जारी गर्दै संघले पछिल्ला दिनमा व्यक्तिगत र गोप्य विवरण दुरूपयोग गरी विभिन्न क्रियाकलाप भइरहेकाले सजगता अपनाउन आग्रह गरेको हो ।

विभिन्न सामाजिक सञ्जालमार्फत् अनधिकृत व्यक्तिले बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई चिठ्ठा परेको र रकम पठाउनका लागि खाता नम्बर, मोबाइल नम्बर, पासवर्ड (ओटीपी) प्राप्त गरी रकमान्तर गर्ने वा गर्न लगाउने जस्ता क्रियाकलाप भइरहेको भन्दै संघले सतर्कता अपनाउन अनुराेध गरेकाे छ ।

संघले व्यक्तिगत गोप्य विवरण कुनै पनि व्यक्तिसँग आदानप्रदान नगर्नसमेत आग्रह गरेको छ । साथै त्यस्तो कल तथा कारोबारको शंका लागेमा नजिकैको बैक शाखामा तुरुन्त सम्पर्क गर्नसमेत आग्रह गरिएको छ ।

सुरक्षित रूपमा यसरी प्रयाेग गर्नुहाेस् अनलाइन बैंकिङ

  • अनलाइन बैंकिङको प्रयोग गर्नुअगाडि आफ्नो बैंकको अनलाइन बैंकिङसम्बन्धी नियम प्रक्रिया आदिबारे जानकारी लिनुपर्छ ।
  • अनलाइन बैंकिङ सेवा प्रयोग गर्दा सम्बन्धित बैंकको आधिकारिक वेबसाइट प्रयोग गर्ने । माेबाइल बैंकिङ का लागि आधिकारिक माेबाइल एप पहिचान गरेर मात्र इन्स्टल गर्ने र प्रयोग गरौं ।
  • अनलाइन बैंकिङमा प्रयोग हुने कम्प्युटर/माेबाइल/ल्यापटपमा अनिवार्य रुपमा पासवर्ड/प्याटर्न/पिन/बायाेमेट्रिक आदिको प्रयोग गरी लक गर्ने गरौं ।
  • अनलाइन बैंकिङको यूआरएल सधैं टाइप गरी र कहिले पनि ईमेल लिंक वा अन्य वेबसाइटमा रहेको हाइपरलिंक क्लिक गरी प्रयोग नगरौं ।
  • अनलाइन बैंकिङको लागि Multi-Factor Authentication (जस्तै Two Factor Authentication, Mobile Number, OTP Fingerprint इत्यादि) को प्रयोग गरौं ।
  • Banking Transaction को मोबाइल (SMS / Email) Notification सेवा अनिवार्य प्रयोग गरौं ।
  • आफ्नो Bank Statement नियमित चेक गरौं ।
  • आफ्नो Bank Account, Password, PIN Code, CVC, OTP कहिले पनि कसैलाई नदिउ । बैंकका कर्मचारीहरुले कहिले पनि
  • तपाइँको Password, PIN Code, CVC, OTP जस्ता विवरण नमाग्ने हुँदा Fake Call/Scam हरुबाट बचौं ।
  • Online Banking को लागि बलियो पासवर्डको प्रयोग गरौ र नियमित परिवर्तन गरौ ।
  • आफ्नो अनलाइन बैंकिङको Login Credential कहिले पनि Browser आदिमा Save नगरौं ।
  • अनलाइन बैंकिङ सेवा प्रयोग गरि सकेपछि Logout/Sign out गर्न नभुलौं
  • सार्वजनिक स्थलका Computer (जस्तै Cyber Café etc.) वा सार्वजनिक Wi-Fi को प्रयोग गरी Online Banking सेवा प्रयोग नगराैं
  • अनलाइन बैंकिङको लागि प्रयोग गरिने Computer / Mobile Device तथा Mobile App हरुलाई नियमित अपडेट गरौं ।
  • आफ्नो बैंक खातामा कुनै शंकास्पद गतिविधि देखिएमा तुरुन्त बैंकमा सम्पर्क गरौं ।
  • Computer, Mobile, Laptop आदिमा खरिद गरिएका अर्थात खरिद गरिएका Anti-Virus को प्रयोग गरौं ।

यो समाचार पनि पढ्नुहोस् : साइप्रसमा पनि अनलाइन र फोनबाट ठगि बढ्यो, सतर्क हुन प्रहरीको अनुरोध

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “फेसबुक, भाइबर, ह्वाट्सएप, इमो बाट ठगी बढ्यो, कसरी बच्ने ?

Comments are closed.