साइप्रस न्युज

शुक्रबार पनि झन् बढ्यो संक्रमण, साइप्रसमा ५२९ र नेपालमा २,२९९ मा कोरोना पुष्टी

शेयर गर्नुहोस्

समिम मियाँ
२ जुलाई २०२१/लिमासोल

साइप्रसमा कोरोना को संक्रमण आज पनि ह्वात्तै बढेको छ। बिहिबार ४७३ मा संक्रमण पुष्टी भएकोमा शुक्रबार यो संख्या बढेर ५२९ मा पुगेको छ। यो संगै पोजेटिभिटि दर पनि बढेर १.१७ प्रतिशत भएकोछ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार दिनभरिको टेस्टको जानकारी दिदै ४५,२१२ नमुनाको पिसिआर र र्यापिड टेस्ट गरिएकोमा ५२९ मा संक्रमण देखिएको बताएको हो । आज को ताजा आंकडा अनुसार गत वर्ष मार्च देखि हाल सम्म ७६,८६२ जना संक्रमित भै सकेका छन्।

लार्नाका एयरपोर्ट बाट लिएको ३,०९६ नमुना मध्य ९ जना, व्यक्तिगत रुपमा चेक गराउने ३२०३ मध्य ६५ जना, जनस्वास्थ्य ल्याब बाट २३२ मध्य १४ जना, प्राइभेट ल्याब र फार्मेसीमा गराइएका ५६१ र्यापिड टेस्टमा १८ जना र सरकारी नि:शुल्क र्यापिड टेस्ट कार्यक्रम अन्तर्गत ३८१२० नमुना मध्य ४२३ जना मा कोरोना पुस्टी भएको हो।

देश भरका विभिन्न जिल्ला मा गरिएको सरकारी नि:शुल्क र्यापिड टेस्ट कार्यक्रम अन्तर्गत ५२९ बिरामी फेला परेका मध्य निकोसियामा १७१ जना, लार्नकामा ७५ जना, लिमासोलामा ८४ जना, पापोसमा १४ जना , फामागुस्तामा ७६ जना, र देशको सेना (नेशनल गार्ड ) मा २ जनामा संक्रमण पुष्टी भएको हो।

अहिले देश भरिका हस्पिटलमा ५४ जना कोभिड का बिरामी भर्ना भएका छन्। जसमध्य २० जनाको अवस्था गम्भिर रहेको छ।

सरकारले स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गर्न अपिल गरि रहेको छ। गत १० दिन बाट कोरोना को संक्रमणमा तीव्रता आइरहेको छ। मंत्री परिषद को बैठकले कोरोनाको परिस्थिति अनुसार को कदम चाल्ने बारे निर्णय हुन बाकि छ।

नेपालमा थप २ हजार २९९ जनामा कोरोना संक्रमण

गत २४ घण्टामा नेपालमा २ हजार २९९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार ४५१ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ५६६ पीसीआर परीक्षण गर्दा १ हजार ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ३० परीक्षण गर्दा ९०८ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा ३४ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार सोमबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार १७९ पुगेको छ । नेपालमा हाल कुल संक्रमितको ४.५६ प्रतिशत सक्रिय संक्रमित रहेका छन् ।

यो समाचार पनि पढ्नुहोस् : भोलि शनिवार साइप्रस भरि यी स्थानमा हुँदैछ नि:शुल्क कोरोना टेस्ट ?

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।