साइप्रस न्युज

साइप्रस आगलागी: ४ कामदारको मृत्यु, ५० घर नस्ट खेतिमा पनि ठुलो क्षति (फोटो सहित)

शेयर गर्नुहोस्
समिम मियाँ
४ जुलाई २०२१/लिमासोल

लिमासोल – लार्नाका को आगलागी मा परि पशु फार्ममा  काम गर्ने ४ जना कामदारको मृत्यु भएको छ। लार्नाकाको ओडू भिलेजमा कार्यरत ती इजिप्सियन नागरिक हिजो साँझ देखि हराइरहेका थिए। उनिहरु कार पनि जलेको अवस्थामा फेला  थियो।

मृत्यु हुने चार जना  २५ देखि २९ वर्षका भएको आन्तरिक मामिला मंत्री नोकोस नैरिसले भएको बताउनु भयो । राष्ट्रपति निकोस अनास्टसियादेशले यो आगलागी देशको लागि ठुलो दुर्घटना भएको बताउनु भयो।

शनिबार दिउँसो २ बजे देखि अरकपास मा सुरु भएको आगो लिमासोल र लार्नाका सिमा क्षेत्रको करिब ४० वर्ग किलो मिटर एरियामा फैलिएको हो।

त्यस्तै, रक्षा मन्त्रालयका प्रवक्ता क्रिस्टोस पियरले  प्रभावित सबैलाई मनोवैज्ञानिक सहयोग पनि उपलब्ध गराइने बताउनु भयो ।

आन्तरिक मामिला मंत्री नोकोस नैरिसका अनुसार शनिवार राती ३५ जनालाई बासस्थानको आवश्यकता परेको थियो जसमध्य २८ जनालाई सरकारले निकोसिया को होटलमा लगेर राखेको थियो।

बाकीं ७ जना भने आफन्तको मा सेल्टर लिएर बसेका थिए। अहिले सम्म ५० घर पूर्ण रुपमा नस्ट भएका छन्। ओलिभ खेति लगायत अन्य खेतिबालि पनि नस्ट भएको छ।   क्षति बारे बुझ्न आज साँझ  मंत्री  नैरिसको अध्यक्षतामा बैठक बसेको छ।

अग्नि नियन्त्रक विभागका प्रवक्ता आन्द्रेयास केट्टिसले आइतबार पनि आगो नियन्त्रण भैसकेको भन्न नसकिने बताए।  आगो निभाउने क्रम लगातार जारी भए पनि झिल्को उडिरहेकोले परिस्थिति जुन सुकै बेला पनि परिवर्तन हुन सक्ने भएकोले आगो नियन्त्रणमा आएको भन्न सकिने बताए।

यहाँ क्लिक गरि हेर्नुहोस् साइप्रसको भिषण आगलागी को ५० तस्बिरहरु

आगलागी नियन्त्रण गर्न ग्रीसले २ ओटा Canadair CL-415 अग्नि नियन्त्रक विमान र २५ जनाको समुह पनि पठाएको छ।  साथै, इजरायलले पनि २ ओटा बिमान पठाएको छ।  ब्रिटिस बेसबाट २ ओटा खोजि तथा उद्दार  हेलिकप्टर पनि बचाव कार्यमा संलग्न गरिएको छ।

जमिनी र हवाई दुवै तर्फबाट आगो निभाउने कोसिस जारी छ। साइप्रसले पनि आफ्नो ५ ओटा बिमान प्रयोग गरि रहेको  छ।  देश को सेना नेशनल गार्डले छ ओटा दमकल र २ अग्नि नियन्त्रक बिमान सो क्षेत्रमा पठाएको छ।

यहाँ क्लिक गरि हेर्नुहोस आगलागी स्थानको रातभरि का फोटोहरु

यता, पिडितहरुले आफ्नो ज्यान बचाउन गरेको  संघर्ष बारे साइप्रसका टेलिभिजन ले हिजो देखि नै रिपोर्ट देखाई रहेका छन्। हिजो कयौले घर सम्पति छोडेर आफ्नो ज्यान जोगाए।  भाभाट्सिनिया भिलेजकि एक वृद्ध महिलाले एक स्थानीय टिभीमा अन्तर्वार्ता दिदै जलेको घर हेरेर आफ्नो जीवनभर को कमाई एक घण्टा मै सकिएको रुदै बताइन।

पिडित स्थानियले हिजो को भयानक क्षण सम्झिदै आफ्नो घर बचाउन हर संम्भव कोसिस गरे पनि हार मानेर आफ्नो ज्यान जोगाउन भाग्नु परेको बताए। प्रहरीले Lagia, Melini, Odou, Ora and Vavatsinias जाने रोड हरु सर्वसाधारण को प्रयोग गर्न नपाउने गरि बन्द गरेको छ।

पिडितलाई विभिन्न व्याक्ति तथा संस्थाले नगद सहित खाध्नान्न  र अन्य अत्यावश्यक सामाग्री राहत स्वरुप वितरण सुरु गरेको छ।  चरलाम्बोस एण्ड एलेना पाटिहिस फाउन्डेसनले आगलागी पिडितको लागि एक लाख युरो सहयोग गरेको छ।

हिजो को आगलागीको कारण बनेको आरोपमा लिमासोल सीआइडिले २५ वर्षीय एक युवालाइ पक्राउ गरी अदालत पेश गरेको छ।  लिमासोल जिल्ला अदालतले सो युवालाई ५ दिनको हिरासतमा राख्न आदेश दिएको छ।

त्यस्तै, एनआरएनए साइप्रसले पनि एक सूचना जारी गर्दै आगलागी भएको क्षेत्रमा कोहि नेपालीलाई केहि पर्न गएको भए वा अप्ठेरो, समस्या परेको भए गैर आवासीय नेपाली संघ साइप्रस संग यथासिघ्र सम्पर्क गर्न वा जानकारी गराउन अनुरोध गरेको छ।

यो समाचार पनि पढ्नुहोस् : साइप्रसको भिषण आगलागी नियन्त्रण बाहिर, सरकारले माग्यो इजरायल र EU संग मदद (फोटो र भिडीयो)

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।