साइप्रस न्युज

साइप्रसमा आइतबार १ को मृत्यु, ५७७ मा कोरोना , नेपालमा २७ को ज्यान गयो

शेयर गर्नुहोस्

समिम मियाँ
४ जुलाई २०२१/लिमासोल

साइप्रसमा कोरोना को संक्रमण बाट आज एक जनाको मृत्य भएको  छ। मृत्यु हुने मा ९३ वर्षीय वृद्धा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  शनिवार ५८३ मा संक्रमण पुष्टी भएकोमा आइतबार  यो संख्या केहि घटेर ५७७  मा पुगेको छ। यो संगै पोजेटिभिटि दर पनि  १.२६  प्रतिशत भएकोछ।

स्वास्थ्य मन्त्रालयले आइतबार दिनभरिको टेस्टको जानकारी दिदै ४५,८४८ नमुनाको पिसिआर र र्यापिड टेस्ट गरिएकोमा ५७७ मा संक्रमण देखिएको बताएको हो । आज को ताजा आंकडा अनुसार गत वर्ष मार्च देखि हाल सम्म ७८,१२२ जना संक्रमित भै सकेका छन्।

कन्ट्याक्ट ट्रेसिंगमा परेका ८६  मध्य ४  जना , पापोस र लार्नाका एयरपोर्ट बाट लिएको ३,८२२   नमुना मध्य ९ जना, व्यक्तिगत रुपमा चेक गराउने २,२८६  मध्य ५३ जना, प्राइभेट डाक्टरको सिफारिसमा लिएको २५० नमुना मध्य ५ जना,  जनस्वास्थ्य ल्याब बाट ५४ मध्य ४ जना, प्राइभेट ल्याब र फार्मेसीमा गराइएका ३११ र्यापिड टेस्टमा १२   जना र सरकारी नि:शुल्क र्यापिड टेस्ट कार्यक्रम अन्तर्गत ३९,०३९ नमुना मध्य ४९० जना मा कोरोना पुस्टी भएको हो।

देश भरका विभिन्न जिल्ला मा गरिएको सरकारी नि:शुल्क र्यापिड टेस्ट कार्यक्रम अन्तर्गत ४९० बिरामी फेला परेका मध्य निकोसियामा १८३ जना, लार्नकामा ७१ जना, लिमासोलामा १३१ जना, पापोसमा २७  जना , फामागुस्तामा ७८  जनामा संक्रमण पुष्टी भएको हो।

अहिले देश भरिका हस्पिटलमा ७१ जना कोभिड का बिरामी भर्ना भएका छन्। जसमध्य १९  जनाको अवस्था गम्भिर रहेको छ। कोरोनाको कारण हाल सम्म ३७९ को ज्यान गैसकेको छ।

कोभिड १९ को  पछिल्लो अवस्था अनुसार इसीडिसी ले साइप्रसलाई रेड जोन मा राखे पछि  खोप नलगाएका  ३० वर्ष मुनिका युवालाई भ्याकसिन लगाउन प्रोत्साहन गर्ने लक्ष्य राख्दै  सरकारले विभिन्न किसिमको पुरस्कार तथा भत्ता दिने पनि निर्णय गरेको छ।

हाल सम्म देश भरिका ६४.६% जनसंख्याले खोप को पहिलो डोज लिइ  सकेका छन्।

सोमबार यी स्थान मा हुन्छ र्यापिड  कोरोना टेस्ट  क्लिक गरि हेर्नुहोस्

नेपालमा थप १ हजार ६०५ जनामा कोरोना संक्रमण, २ हजार ५५२ जना निको

गत २४ घण्टामा नेपालमा १ हजार ६०५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार ५५२ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ८७६ पीसीआर परीक्षण गर्दा १ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ३ हजार २५६ परीक्षण गर्दा ५६१ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा २७ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार आइतबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार २२५ पुगेको छ । नेपालमा २६ हजार बढी सक्रिय संक्रमित रहेका छन् ।

यो समाचार पनि पढ्नुहोस् : साइप्रस आगलागी स्थानको रातभरि का फोटोहरु।  सेयर पनि गर्नुहोस् ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।