साइप्रस न्युज

साइप्रस आगलागी पुर्ण नियन्त्रणमा आयो, मर्ने ४ जना को हुन् ?

शेयर गर्नुहोस्

समिम मियाँ

५ जुलाई २०२१/ लिमासोल

लिमासोल- लार्नाका सिमामा रहेको अराकपस भिलेजबाट मा लागेको आगो आज पूर्ण नियन्त्रणमा आएको छ। कृषि, ग्रामीण विकास र वातावरण मन्त्रालय अन्तर्गत को बन विभागले  जुलाई ३ तारिख शनिवार दिउँसो करिब १ :५० बजे सुरु भएको आगलागी Eptagonia, Acapnou, Oras, Melini, Sykopetra, Street, Agion Vavatsinias and Vavatsinias भिलेज सम्म फैलिएको थियो।

करिब ५५ वर्ग किलोमिटर मा फैलिएको आगोले जंगल,कृषि खेति  पूर्ण नष्ट भए भने घर, निजि सम्पति, गाडि, व्यापार व्यवसाय मा क्षति पुग्यो।

५० भन्दा धेरै घरहरु जले जसमध्य अधिकांस घर हरु होलिडे होम थिए। यता, ओडु भिलेज मा रहेको प्रिमियम गोलभेडा खेति पनि पूर्ण नस्ट भएको छ।  उब्जाउ माटो र राम्रो जलबायु को कारण त्यहाँ उत्पादित गोलभेडा निर्यात पनि हुने गर्दथियो।

अधिकांस  कृषकको खेति जलेको छ भने निर्यात गर्न तयार अवस्थाको उत्पादन पनि नष्ट भएको छ।  राष्ट्रपति निकोस अनास्टसियादेशले पिडित सबैलाई सरकारले मदद गर्ने बताउनु भयो।

त्यस्तै, कृषि मंत्री कोस्तास कदिसले कृषकलाई तुरन्तै राहत दीने बताउनु भयो। कृषकलाई कसरि मदद गर्न सकिन्छ भन्ने बारे क्याबिनेट मा छलफल गरिने उहाले भन्नु भयो।

आगलागीमा परी ४ इजिप्टसियन नागरिक को मृत्यु भएको छ। शनिवारको आगलागी मा उनि हरु भाग्ने प्रयास गर्दा आगोको चपेटामा परेका थिए।  उनिहरुको लाश कार भन्दा ४०० मिटर पर अलग अलग स्थानमा पाइएको थियो।

लेबर युनियन ले ४ कामदार को मृत्यु बारे अनुसन्धान गर्न माग गरे पछि  श्रम मन्त्रालयले इजिप्टियन कामदारहरूको रोजगारीको स्थिति र काम गर्ने अवस्थाको बारेमा अनुसन्धान गर्ने भएको छ।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मृतक को परिवार प्रति समवेदना प्रकट गर्नुका साथै पूर्ण सहयोग गर्ने बताएको छ।

यो समाचार पनि पढ्नुहोस् : आगलागीबाट बाँचेकी नेपालीको अनुभव: कोलाहाल, धुवाँ बीचमा आगोले घेर्दा बाँच्ने आशा छोडिसकेको थिए

शनिवार देखि को  आगो निभाउन बन बिभाग, प्रहरी, अग्नि नियन्त्रक, सिभिल डिफेन्स,थेरा र फुना सर्भिस, लिमासोल र लार्नाका जिल्ला प्रशासन, नेशनल गार्ड सेना ,कम्युनिटी काउन्सिल र स्वयम्सेवक गरि ६०० जना भन्दा बढी को प्रत्यक्ष सहभागिता रहेको थियो।

७० भन्दा बढी दमकल, दर्जनौ ट्याक्टर, डोजर का साथै पानी ट्याङ्कर प्रयोग गरिएको थियो। आगलागी को स्थान पहिचान गर्न र निभाउने योजना बनाउन आर्मी को ड्रोन प्रयोग गरिएको थियो।

“इकारोस २ ” योजनालाई सक्रिय गरि ११ विमान प्रयोग गरिएको थियो।  २ ब्रिटिस बेसको  हेलिकप्टर, ग्रीस ले पठाएको २ क्यानडा आइ आर बिमान, २ इजरायली बिमान सहित अन्य साइप्रसको बिमान प्रयोग गरिएको हो।

अहिले पनि दमकल र अग्नि नियन्त्रक सो स्थान मा सम्भावित खतरा संग जुध्न तयारि अवस्थामा खटाइएका छन्।

यो समाचार पनि पढ्नुहोस् : आगलागी स्थानको रातभरि का फोटोहरु

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।