साइप्रस न्युज

पापोसबाट ४ जना असाइलम फेल भइ इल्लिगल व्याक्ति पक्राउ

शेयर गर्नुहोस्

५ जुलाई २०२१/लिमासोल

पापोसबाट प्रहरीले ४ जना गैरकानुनी रुपमा साइप्रस बस्दै आएका आप्रावासीलाई पक्राउ गरेको छ। ट्राफिक प्रहरी र अपराध रोकथाम इकाईले आइतबार २५ वर्षीय युवालाई पक्राउ गरेको हो।  उनि वान्टेड को सुची मा थिए।

२०१९ मार्च मा सो युवाले पोलिटिकल रिफ्युजी को लागि आवेदन दिएका थिए तर सोहि वर्ष को अक्टोबरमा रिफ्युजी आवेदन अस्विकार भएको थियो।  आवेदन अस्विकार भए पछि युरोपियन नागरिक को श्रीमान् को रुपमा रेसिडेन्स परमिट को लागि २०२० मा आवेदन दिए तर त्यो पनि इमिग्रेसन ले स्वीकार गरेन।

आवेदन अस्विकार भए देखि प्रहरीले उनको खोजि गरि रहेको थियो।

त्यस्तै, प्रहरीले २३, २५, र २९ वर्षीय ३ युवालाई पनि Skoulli village बाट पक्राउ गरेको छ। उनि हरु सबै ले अलग अलग समयमा रिफ्युजी को लागि अप्लाई थिए। २९ वर्षीय युवाको  को गएको  फेब्रुवरी मा, २५ वर्षीय युवाको यहि मार्चमा आवेदन अस्विकार भएको थियो।  त्यस्तै,अर्का २३ वर्षीय युवा नर्थ साइप्रसबाट दुइ महिना अघि साउथ साइप्रस आएर गैर कानुनी रुपमा बस्दै आएका थिए।

उनि हरु कुन देशका नागरिक हुन् भनि खुलाइएको छैन तर  प्रहरीले ४ जनालाई नै देश निकाला गर्ने प्रक्रिया सुरु  गरि सकेको छ।

साइप्रस मेल मा खबर छ।

यो समाचार पनि पढ्नुहोस् : यहाँ क्लिक गरि हेर्नुहोस् साइप्रसको भिषण आगलागी को ५० तस्बिरहरु

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।