साइप्रस न्युज

कोरोना ह्वातै बढ्यो, एकै दिनमा ७८७ मा कोरोना पुष्टी, एकको मृत्यु

शेयर गर्नुहोस्

समिम मियाँ
५ जुलाई २०२१/लिमासोल

साइप्रसमा कोरोना को संक्रमण बाट आज पनि एक जनाको मृत्य भएको छ। मृत्यु हुने मा ६९ वर्षीय महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उनलाई हालसालै निकोसिया जेनेरल हस्पिटलको आइसीयु बाट अमेरिकन मेडिकल सेन्टर लगिएको थियो।आइतबार ५७७ मा संक्रमण पुष्टी भएकोमा सोमबार यो संख्या ह्वात्तै बढेर ७८७ मा पुगेको छ। यो संगै पोजेटिभिटि दर पनि १.८० प्रतिशत भएकोछ।स्वास्थ्य मन्त्रालयले सोमबार दिनभरिको टेस्टको जानकारी दिदै ४३,६७८ नमुनाको पिसिआर र र्यापिड टेस्ट गरिएकोमा ७८७ मा संक्रमण देखिएको बताएको हो । आज को ताजा आंकडा अनुसार गत वर्ष मार्च देखि हाल सम्म ७८,९०९ जना संक्रमित भै सकेका छन्।कन्ट्याक्ट ट्रेसिंगमा परेका ५०१ मध्य २८ जना , पापोस र लार्नाका एयरपोर्ट बाट लिएको ३३९७ नमुना मध्य ६ जना, व्यक्तिगत रुपमा चेक गराउने २३६४ मध्य ९९ जना, प्राइभेट डाक्टरको सिफारिसमा लिएको ७ नमुना मध्य २ जना, जनस्वास्थ्य ल्याब बाट ३४४ मध्य ३७ जना, प्राइभेट ल्याब र फार्मेसीमा गराइएका ६२१ र्यापिड टेस्टमा ३२ जना र सरकारी नि:शुल्क र्यापिड टेस्ट कार्यक्रम अन्तर्गत ५८३ जना मा कोरोना पुस्टी भएको हो।देश भरका विभिन्न जिल्ला मा गरिएको सरकारी नि:शुल्क र्यापिड टेस्ट कार्यक्रम अन्तर्गत ५८३ बिरामी फेला परेका मध्य निकोसियामा १७२ जना, लार्नकामा ८५ जना, लिमासोलामा १८८ जना, पापोसमा ६१ जना , फामागुस्तामा ५५ जनामा संक्रमण पुष्टी भएको हो।कोभिड बढे संगै अहिले देश भरिका हस्पिटलमा ८८ जना कोभिड का बिरामी भर्ना भएका छन्। जसमध्य २३ जनाको अवस्था गम्भिर रहेको छ। कोरोनाको कारण हाल सम्म ३८० को ज्यान गैसकेको छ।कोभिड १९ को पछिल्लो अवस्था अनुसार इसीडिसी ले साइप्रसलाई रेड जोन मा राखे पछि खोप नलगाएका ३० वर्ष मुनिका युवालाई भ्याकसिन लगाउन प्रोत्साहन गर्ने लक्ष्य राख्दै सरकारले विभिन्न किसिमको पुरस्कार तथा भत्ता दिने पनि निर्णय गरेको छ।कोभिड को एक डोज वा दुवै डोज लागेका व्याक्तिले जुलाई १५ देखि अगस्ट ३१ सम्म होलिडे मा जाँदा बस्ने होटेल रुमको ३५ % खर्च व्यहोर्ने बताएको छ।हाल सम्म देश भरिका ६४.६% जनसंख्याले खोप को पहिलो डोज लिइ सकेका छन्।

यो समाचार पनि पढ्नुहोस् : साइप्रस आगलागी पुर्ण नियन्त्रणमा आयो, मर्ने ४ जना को हुन् ?

नेपाल मा थप २ हजार ६२२ जनामा कोरोना संक्रमण, २ हजार १११ जना निको भएका छन् ।

आगलागीबाट बाँचेकी नेपालीको अनुभव: कोलाहाल, धुवाँ बीचमा आगोले घेर्दा बाँच्ने आशा छोडिसकेको थिए

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *