देश विदेश

अमेरिकामा ७२ घण्टाभित्र कम्तीमा १५० जनाको गोली हानी हत्या

शेयर गर्नुहोस्

अमेरिकामा गएको शुक्रबारदेखि आइतबारसम्मको सप्ताहान्तमा ७२ घण्टाभित्र कम्तीमा १ सय ५० जना मानिस बन्दुकजन्य हिंसामा मारिएका छन् । यो अवधिमा देशभरी करिब ४ सय गोलीबारीका घटना भएका छन् ।

यो अवधिमा देशका प्रमुख सहरहरुमा हिंसात्मक अपराधमा उल्लेख्य वृद्धि भएको पाइएको गन भायोलेन्स आर्काइभको तथ्यांकलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

यो तथ्यांकमा शुक्रबारदेखि आइतबारसम्म ७२ घण्टाको अवधिमा गोलीबारी र बन्दुकजन्य हिंसाका घटना समावेश गरिएको छ र यो अद्यावधिक भइरहेकोले मारिनेको संख्या बढ्न सक्ने सम्भावना छ ।

न्यूयोर्क सहरमा मात्र शुक्रबारदेखि आइतबारसम्ममा २१ वटा गोलीबारीका घटनामा २६ जना मारिएका छन् । जुलाइ ४ आइतबारका दिन मात्र न्यूयोर्कमा १२ गोलीबारीका घटनामा १३ जना मारिएका थिए । अघिल्लो वर्षको तुलनामा यस वर्ष न्यूयोर्कमा बन्दुकजन्य हिंसाका घटनामा ४० प्रतिशत वृद्धि भएको छ ।

शिकागोमा यो सप्ताहान्तमा ८३ जनालाई गोली हानिएकोमा १४ जनाको मृत्यु भएको छ । यी गोलीकाण्डमा ५ वर्ष र ६ वर्षका बालिकाहरुलाई समेत गोली हानिएको छ । मारिने १४ जनामा इलिनोइस आर्मी नेशनल गार्डमा सदस्य समेत छन् ।

गोलीबारीमा शिकागो पुलिसका २ अधिकारी पनि घाइते भएका छन् । यी पुलिस अधिकारी घाइते भएको घटनामा ६० जनाभन्दा धेरैलाई पक्राउ गरिएको छ ।

एटलान्टामा गल्फ प्रोफेसनल जेने सिलरलाई कन्ट्री क्लवमा गोली हानी मारिएको छ । टेक्सासको फोर्ट वर्थमा आइतबार बिहान भएको गोलीबारीमा ८ जना घाइते भएका छन् । भर्जिनियाको नोर्फोकमा ४ जना बालबालिकालाई गोली हानिएको छ ।

गोली हानेको आरोपमा १५ वर्षका बालक पक्राउ परेका छन् । ओहियोको टोलेडोमा गोलीबारीमा १७ वर्षका किशोर मारिएका छन् भने ११ जना घाइते भएका छन् ।

ओहियोकै सिनसिनाटीमा भएको गोलीबारीमा २ जना मारिएका छन् र ३ जना घाइते भएका छन् । टेक्सासको ड्यालसमा आइतबार २ छुट्टाछुट्टै गोलीबारीका घटना भएको पुलिसले जनाएको छ । यीमध्येको एक घटनामा ५ जनालाई गोली हानिएकोमा ३ जनाको मृत्यु भएको छ । अर्को घटनामा ६१ वर्षका व्यक्तिको अस्पतालमा मृत्यु भएको छ ।

यो समाचार पनि पढ्नुहोस् : ग्यास ‘लिक’पछि समुद्रको बीचमा आश्चर्यजनक आगोको मुस्लो

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

2 thoughts on “अमेरिकामा ७२ घण्टाभित्र कम्तीमा १५० जनाको गोली हानी हत्या

Comments are closed.