रोचक

ग्यास ‘लिक’पछि समुद्रको बीचमा आश्चर्यजनक आगोको मुस्लो

शेयर गर्नुहोस्

सीएनएन । पानीमुनिको ग्यास पाइप ‘लिक’ हुँदा गल्फ अफ मेक्सिको (समुद्र)मा पाँच घण्टाभन्दा लामो समयसम्म ठूलो आगोको ज्वाला निस्किएको छ । सो दृश्य फिल्महरुमा देखाइने काल्पनिक एक्सनभन्दा कम थिएन ।

त्यसपछि सामाजिक सञ्जालमा यसको खुब चर्चा भएको छ । मानिसले यसलाई फिल्म ‘लर्ड अफ द रिङ्स’को नरक समान ज्वालामुखी, ‘मोरडोर’सँग तुलना गरेका हुन् ।

समुद्रको बीचमा ज्वालामुखी फुटेजसरी पानीबाट ठूलो आगो, गोलो आकारमा उम्लिरहको थियो । यस्तो दृश्य यसअघि कहिल्यै नदेखिएको बताइएको छ ।

कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले यो घटना जीवाश्म इन्धनको प्रयोग कसरी जलवायु परिवर्तनका लागि जिम्मेवार हुन्छ भन्ने गम्भीर उदाहरण भएको समेत बताएका छन् ।

यस घटनाको भिडियो हेर्दा अत्यन्तै चिन्ताजनक देखिएको र ‘नरक’को ढोका खुलेजस्तै दृश्य भएको सायन्स इनिसिएटिभ्सका वरिष्ठ म्यानेजर क्रिस रोबिन्सले बताए । उनका अनुसार यसले सो ठाउँमा पुर्‍याएको क्षतिबारे जाँच गर्न अनुसन्धानकर्ताहरुलाई अनुमति दिइनुपर्छ ।

यसलाई पाँच घण्टापछि नियन्त्रणमा लिइएको मेक्सिकोको राज्यद्वारा सञ्चालित तेल कम्पनी पेमेक्सले जनाएको छ । यसका कारण कसैलाई क्षति नपुगेको र घटनाबारे अनुसन्धान गरिने बताइएको छ ।

मेक्सिकोमा इन्धन सुरक्षा निरीक्षक एएसईएकी प्रमुख एन्जेल केरिजेल्सले यसबारे ट्विटरमा पोस्ट गर्दै घटनामा कतै तेल वा ग्यास नपोखिएको बताएकी छन् । तर, पानीको सतहमा कहाँबाट केले आगो लाग्यो भन्नेबारे भने केही जानकारी दिएकी छैनन् ।

यो समाचार पनि पढ्नुहोस् : अमेरिकामा ७२ घण्टाभित्र कम्तीमा १५० जनाको गोली हानी हत्या 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

2 thoughts on “ग्यास ‘लिक’पछि समुद्रको बीचमा आश्चर्यजनक आगोको मुस्लो

Comments are closed.