रोचक

४८ सयको खाना खाएर १६ लाख टिप्स दिए पछि

शेयर गर्नुहोस्

अमेरिकाको न्यु ह्याम्पशायरमा रहेको एउटा रेष्टुरेन्टमा खाना खानका लागि आएका एकजना ग्राहकले झण्डै ३८ डलरको बिल प्राप्त गरे ।

तर जम्मा ३७.९३ डलरको बिल चुक्ता गर्नुपर्नेमा उनले थप १६ हजार डलर टिप्ससहित कुल १६ हजार ३७ डलर ९३ सेन्ट रकम भुक्तान गरे ।

लण्डनडेरीस्थित स्टम्बल इन बार एण्ड ग्रिल नामक रेष्टुरेन्टमा आएका ती पाहुना त्यहाँ खासै आइरहने मानिस पनि होइनन् ।

तर पछिल्लोपटक आएको बेला उनले हटडग, ककटेल र तारेको अचार अर्डर गरे ।

रेष्टुरेन्टका बार्टेन्डर मिचेल म्याककडेनका अनुसार ती ग्राहक निकै रहस्यमय देखिएका थिए । उनले भुक्तान गरेको बिल हेर्दा जब बिलको रकमका अतिरिक्त १६ हजार डलर टिप्स दिएको देखियो तब उनी तीनछक परे ।

ती ग्राहकले क्रेडिट कार्डबाट बिल तथा टिप्स भुक्तानी गरेका थिए ।

उनले कार्डबाट रकम भुक्तानी गर्ने बेलामा रेष्टुरेन्टका कर्मचारीलाई तीनपटक भनेका थिए ः यो सबै रकम एकै ठाउँमा खर्च नगर्नु ।

त्यसपछि उनले भुक्तान गरेको बिल पल्टाएर हेर्दा १६ हजार डलर टिप्स दिएको देखियो ।

त्यसमा विश्वास नलागेपछि उनलाई यो के गरेको भनेर सोधियो ?

त्यसको जवाफमा उनले आफूले जानीबुझी १६ हजार टिप्स दिएको बताए ।

उनले जवाफ दिए – तपाईंहरुसँग यो रकम होस् भन्ने मेरो चाहना छ । तपाईँहरु अझै कडा मिहिनेत गर्नुहोस् ।

रेष्टुरेन्टका कर्मचारीहरुले रेष्टुरेन्ट मालिक माइक जरेलालाई बोलाएर १६ हजार डलर टिप्स दिएको कुरा सुनाए ।

त्यसदिन रेष्टुरेन्टमा काम गर्ने कर्मचारीहरु निकै भाग्यमानी रहेछन् ।

रेष्टुरेन्टको नियम अनुसार कुनै पनि दिनको टिप्स त्यसदिन कार्यरत कर्मचारीहरुबीचमा बाँडिँदो रहेछ ।

त्यसैले त्यो रकम त्यसदिन कार्यरत ८ जना कर्मचारीहरुबीच बाँडियो । केही रकम चाहिँ भोज गर्नका लागि छुट्टाइएको छ ।

एजेन्सी

यो समाचार पनि पढ्नुहोस् : ग्यास ‘लिक’पछि समुद्रको बीचमा आश्चर्यजनक आगोको मुस्लो

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।