देश विदेश

१२० रुपैँयाको लागि भान्जाले लिए मामाको ज्यान, ललितपुरमा हम्मरले हानेर एकको मडर

शेयर गर्नुहोस्

आफ्नै भान्जाले चक्कु प्रहार गरि मामाको हत्या गरेका छन् । १ सय २० रुपैँयाका कारण भान्जाले मामाको हत्या गरेका हुन् ।

यो घटना भारतको मध्य प्रदेशको हो । मामा कयूमको माछाको पसल थियो र त्यसैको छेउमा भान्जा कूल्लुको होटल ।

कुल्लुले मामाको पसलबाट माछा लगेका थिए ।

पछि मामाले पैसा लेउ भन्दा उनीहरुबीच विवाद शुरु भएको थियो ।विवाद चर्कीदै जाँदा कूल्लुले मामालाई चक्कु प्रहार गरे ।

त्यसपछि कूल्लु फरार भएका थिए । घाइते कयूमको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

भारतीय प्रहरीका अनुसार कूल्लु अहिले फरार रहेका छन् । उनको खोजी कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

ललितपुरमा हम्मर प्रहार गरेर एक भारतीय नागरिकको हत्या

ललितपुरको सानेपामा एक जना भारतीय नगारिकको हत्या भएको छ ।

हम्मर प्रहार गरेर भारत, राजस्थानका ५९ वर्षीय सत्यनारायण पारिकको हत्या भएको हो ।

ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले झ्यालबाट कोही व्यक्ति घरमा प्रवेश गरेर उनलाई हम्मर प्रहार गरेको हुनसक्ने देखिएको बताइन् ।

उनका अनुसार घरका केही सामान पनि हराएका छन्, त्यसैले चोरी गर्ने उद्देश्यले आएको व्यक्ति घटनामा संलग्न हुनसक्ने आशंका गरिएको छ ।

अन्तिम पटक पारिकले शुक्रबार साँझ एक जनासँग कुरा गरेका छन् ।

त्यसपछि कसैसँग सम्पर्क भएको नदेखिएको प्रहरी बताउँछ ।

‘घटना पनि शुक्रबार रातिकै हुनसक्छ,’ प्रहरी अधिकृतहरु भन्छन्, ‘आइतबार १० बजे थाहा पाएपछि प्रहरी पुगेको थियो ।’

प्रहरीले अनुसन्धानका लागि तालिमप्राप्त कुकुर र फरेन्सिक विज्ञलाई पनि घटनास्थलमा लगेको थियो ।

नजिकै रहेका क्लोज सर्किट (सीसी) टीभी क्यामराका फुटेजको विश्लेषण पनि प्रहरी अधिकृतहरुले गरिरहेका छन् ।

प्रहरीले शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ । पोष्टमार्टमपछि मृत्युको समय र कारणबारे खुल्नेछ ।

पारिक इलेक्ट्रोनिक सामग्रीसँग सम्बन्धित पसलमा मार्केटिङको काम गर्थे

। उनी २० वर्षदेखि नेपालमा बसिरहेका छन्, १२ वर्षदेखि घटना भएको घरको माथिल्लो तलामा बसिरहेका थिए । पछिल्लो समय उनी घरमा एक्लै थिए ।

तल को फोटो मा क्लिक गरि यो समाचार पनि पढ्नुहोस्।

agent shot dead in nepal

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।