कोरोना

फाइजर भ्याक्सिनको प्रभावकारिता घट्न थाल्यो

शेयर गर्नुहोस्

देशका अधिकांश जनतालाई भ्याक्सिन लगाएर प्रतिबन्धहरु हटाउँदै विश्वकै पहिलो मास्क फ्रि देश बनेको इजरायलमा अब भने फाइजर भ्याक्सिनको प्रभावकारिता घट्न थालेको छ ।

संक्रमण र लक्षणसहित बिरामी हुनबाट रोक्ने काममा भ्याक्सिनको असर कम भइरहेको इजरायलले सोमबार बताएको छ ।

संक्रमितहरु गम्भीर बिरामी हुनबाट रोक्नमा भने भ्याक्सिन अझैसम्म प्रभावकारी छ ।

इजरायलले प्रतिबन्धहरु हटाएको र डेल्टा भेरिएन्टको संक्रमण बढेका बेला इजरायलले भ्याक्सिनको प्रभावकारिता घटेको बताएको हो । समाचार एजेन्सी रोयटर्सका अनुसार इजरायलको स्वास्थ्य मन्त्रालयले ६ जुनसम्म संक्रमण र लक्षणसहित बिरामी हुनबाट रोक्ने काममा भ्याक्सिनको प्रभावकारिता ६४ प्रतिशतमा झरेको बताएको छ ।

गम्भीर बिरामी हुने र अस्पताल भर्ना हुने अवस्था आउनबाट रोक्ने काममा भने भ्याक्सिनको प्रभावकारिता ९३ प्रतिशत छ ।

स्वास्थ्य मन्त्रालयले भ्याक्सिनको यसअघिको सुरक्षा स्तर कति थियो भन्नेबारे बताएको छैन ।

अधिकारीहरुले गएको मे महिनामा एक रिपोर्टमा भ्याक्सिन संक्रमण, लक्षणसहित बिरामी र गम्भीर बिरामी हुनबाट रोक्न ९५ प्रतिशत प्रभावकारी रहेको बताएका थिए ।

फाइजरका प्रवक्ताले इजरायलले जारी गरेको डाटाबारे टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

तर, अर्को एक शोधको हवाला दिँदै भ्याक्सिन एन्टिबडी बढाउने र कोरोनाका सबै भेरिएन्टविरुद्ध प्रभावकारी रहेको बताएका छन् ।

इजरायलको ९.३ मिलियन जनसंख्यामा ६० प्रतिशतले एक अभियानअन्तर्गत फाइजरको कम्तीमा एक डोज खोप लगाएका छन् ।

खोप अभियान सुरु गरिँदा जनवरीमा दैनिक १० हजारभन्दा धेरै संक्रमित हुने गरेकोमा अघिल्लो महिना सिंगल डिजिट अर्थात १० भन्दा कममा झरेको थियो ।

संक्रमितको संख्यामा गिरावट आएपछि त्यहाँ दूरी कायम गर्ने र मास्क लगाउने नियम हटाइएको थियो ।

तलको फोटो मा क्लिक गरि समाचार पढ्नुहोस् 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “फाइजर भ्याक्सिनको प्रभावकारिता घट्न थाल्यो

Comments are closed.