साइप्रस न्युज

साइप्रसमा मंगलबार 827 जनामा कोरोना पुष्टी, के फेरी लकडाउन हुन्छ ?

शेयर गर्नुहोस्

समिम मियाँ
६  जुलाई २०२१/लिमासोल

साइप्रसमा कोरोना को संक्रमण  छ।

सोमबार ७८७ मा संक्रमण पुष्टी भएकोमा मंगलबार  यो संख्या बढेर ८२७ मा पुगेको छ।

यो संगै पोजेटिभिटि दर पनि १.९९  प्रतिशत भएकोछ।स्वास्थ्य मन्त्रालयले मंगलबार दिनभरिको टेस्टको जानकारी दिदै 41,606 नमुनाको पिसिआर र र्यापिड टेस्ट गरिएकोमा ८२७ मा संक्रमण देखिएको बताएको हो ।

आज को ताजा आंकडा अनुसार गत वर्ष मार्च देखि हाल सम्म 79,636 जना संक्रमित भै सकेका छन्।

कन्ट्याक्ट ट्रेसिंगमा परेका ३९९  मध्य ६२  जना , पापोस र लार्नाका एयरपोर्ट बाट लिएको २१४१  नमुना मध्य ६ जना, व्यक्तिगत रुपमा चेक गराउने ३०१३  मध्य ११६  जना, जनस्वास्थ्य ल्याब बाट १७५  मध्य ५ जनामा कोरोना पोजेटिभ देखिएको हो।

प्राइभेट ल्याब र फार्मेसीमा गराइएका ८२०  र्यापिड टेस्टमा ४६  जना र सरकारी नि:शुल्क र्यापिड टेस्ट कार्यक्रम अन्तर्गत ५९२  जना मा कोरोना पुस्टी भएको हो।

देश भरका विभिन्न जिल्ला मा गरिएको सरकारी नि:शुल्क र्यापिड टेस्ट कार्यक्रम अन्तर्गत ५८३ बिरामी फेला परेका मध्य निकोसियामा १७८  जना, लार्नकामा ६६  जना, लिमासोलामा २१६  जना, पापोसमा ६५  जना , फामागुस्तामा५७  जनामा संक्रमण पुष्टी भएको हो।

कोभिड बढे संगै अहिले देश भरिका हस्पिटलमा ८९  जना कोभिड का बिरामी भर्ना भएका छन्।

जसमध्य २६  जनाको अवस्था गम्भिर रहेको छ।

कोरोनाको कारण हाल सम्म ३८० को ज्यान गैसकेको छ।

कोभिड १९ को पछिल्लो अवस्था अनुसार इसीडिसी ले साइप्रसलाई रेड जोन मा राखे पछि खोप नलगाएका ३० वर्ष मुनिका युवालाई भ्याकसिन लगाउन प्रोत्साहन गर्ने लक्ष्य राख्दै सरकारले विभिन्न किसिमको पुरस्कार तथा भत्ता दिने पनि निर्णय गरेको छ।

कोभिड को एक डोज वा दुवै डोज लागेका व्याक्तिले जुलाई १५ देखि अगस्ट ३१ सम्म होलिडे मा जाँदा बस्ने होटेल रुमको ३५ % खर्च व्यहोर्ने बताएको छ।

बुधबार बिहान ९ बजे मंत्री परिषद को बैठक बस्दै छ।  राष्ट्रपति निकोस अनास्टसियादेशको अध्यक्षतामा बस्ने बैठकले कोरोनाको तत्काल को अवस्था हेरी लकडाउन वा निषेधाज्ञा गर्ने बारे निर्णय गर्नेछ। पछिल्लो पटक कोभिड बिरामी को संख्या ९४७ पुग्दा लकडाउन लगाइएको थियो।

हाल सम्म देश भरिका ६४.६% जनसंख्याले खोप को पहिलो डोज लिइ सकेका छन्।

तलको यो समाचार यहाँ क्लिक गरि पढ्नुहोस्।

नेपालमा थप २,६३४ जनामा कोरोना संक्रमण, १,५६५ जना निको

गत २४ घण्टामा नेपालमा २ हजार ६३४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ५६५ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ५०३ पीसीआर परीक्षण गर्दा १ हजार ७१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ५ हजार ८२ परीक्षण गर्दा ९१६ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा १५ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार मंगलबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार २६३ पुगेको छ ।

यो समाचार पनि पढ्नुहोस् : आगलागीबाट बाँचेकी नेपालीको अनुभव: कोलाहाल, धुवाँ बीचमा आगोले घेर्दा बाँच्ने आशा छोडिसकेको थिए

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।