स्वास्थ्य

विदेशमा बस्नेलाई प्रोष्टेट ग्ल्याण्ड बढी समस्या, के हो समस्या ?

शेयर गर्नुहोस्

काठमाडौं – प्रोष्टेट ग्ल्याण्ड ( पुरुष ग्रन्थ्री वा प्रजनन् ग्रन्थ्री ) मा भएको संक्रमण समयमा नै उपचार गरिएन भने लामो समसम्म रहिरहन्छ । प्रोष्टेट ग्ल्याण्डमा सामान्य संक्रमण हुदाँँ उपचार गराए समयमा नै निको हुन्छ ।

भने लामो समयसम्म बेवास्ता गर्दा फैलदै जाने र अन्त्यमा क्यासर समेत हुन सक्छ ।

लामो समयसम्म प्रोष्टेट ग्ल्याण्डमा संक्रमण भएमा त्यसलाई चिकित्सकिय भाषामा प्रोष्टाटाइटिस भनिन्छ ।

यो अवस्था पनि उपचार गराउँदा निको हुन्छ । तर समयमा उपचार नगराए प्रोष्टेट क्यान्सर हुन सक्छ । प्रोष्टेट ग्ल्याण्डको समस्या दिनानुदिन बढ्दो छ ।

विदेशमा बस्नेलाई किन प्रोष्टेट ग्ल्याण्डको समस्या बढि हुने गर्दछ ?

नेपाली युवा करीब ३० लाख बैदेशिक रोजगारीमा विदेशमा रहेको बताइन्छ ।

पाको उमेरका व्यक्तिहरुमा देखिने प्रोष्टेटको समस्या तथा असर पछिल्लो समय तिस चालिस वर्षकविदेशमा रहेका युवाहरुमा समेत देखिन थालेको छ ।

युवाहरुमा प्रोष्टेटको समस्याले हुने मुख्य असर यौन दुर्वलता बढी देखिन थालेको छ ।

प्रोष्टेटले बीर्य स्वस्थ राख्न र हुर्काउन मद्दत गर्छ ।

बीर्य त्यतिबेला नियमित रुपमा उत्पादन भइरहन्छ जतिबेला खर्च भइरहन्छ ।

जब बीर्य खर्च हुन छाड्छ अर्थात बीर्य स्थिर रुपमा रहन्छ, त्यसपछि समस्या उत्पन्न हुन थाल्छ । जति प्रोष्टेट निस्कियो प्रोष्टेटलाई उति नै फाइदा हुन्छ ।

कसरी निस्किन्छ बीर्य ?

सामान्यतया हप्ताको तीन पटक यौनसम्पर्क स्वस्थ्यकर मानिन्छ । त्यसबाहेक हप्ता वा दुई हप्तासम्म शारीरिक सम्पर्क गर्नुलाई पनि नराम्रो मानिहाल्नु पर्दैन ।

तर दुई हप्तापछि पनि शारीरिक सम्पर्क भएन भने प्रोष्टेटग्रन्थीको काम अबरुद्ध हुन थाल्छ ।

लामो समय बीर्य ननिस्कदा बीर्यको थैलीमा लेदो लाग्न थाल्छ ।

प्रोष्टेट नजिकैको बीर्यमा जव समस्या हुन्छ त्यो समस्या तत्काल प्रोष्टेटमा सर्न सक्छ । अर्थात प्रोष्टेट ग्लाण्डमा संक्रमण हुन्छ ।

प्रोष्टेटको संक्रमण देखिन थालेपछि तत्काल उपचार गराउनुपर्छ । यसको संक्रमण बढ्दै जादाँ पछि क्यान्सरको खतरा हुन्छ भने धेरैजसोमा यौन दुर्वलताको सम्भावना हुन्छ ।

प्रोष्टेट ग्ल्याण्ड जोगाउने उपायहरु ?

प्रोष्टेट ग्ल्याण्डमा जोगाउनका लागी शारीरिक क्रियाकलाप र फेरीएको जिवनशैलिले यसमा असर वा फाइदा पुर्याउँछ ।

त्यसका लागी केहि घरेलु उपाय पनि अपाउन सकिन्छ ।

केहि निश्चित समयमा बीर्य निस्कियो भने त्यसले प्रोष्टेट ग्याण्डमा हुनसक्ने असर कम हुन सक्छ । त्यसैले नियमित रुपमा शारीरिक गर्नु राम्रो मानिन्छ ।

पुरुषग्रन्थीलाई जोगाउने निश्चित उपायहरु छन् । त्यमध्ये शरीरलाई आवश्यक पर्ने पानि पिउनु एक उपाय हो ।

शरीरलाई कती पानी आवश्यक पर्छ प्रश्न उठ्न सक्छ । सामान्य २४ घण्टामा २ लिटर पानी पिसाबबाट जान्छ । १ लिटर पानि सास फेर्दा बाफ भएर जान्छ । १ लिटर पनि दिशा गर्दा जान्छ ।

यो समाचार पनि पढ्नुहोस् : गर्मीमा पानी पिउनाले कयौ फाइदा, कति पिउने पानी ? के के छ फाइदा ?

 

जती पानि शरीरबाट बाहिर जान्छ त्यति ने पानि पिउनुपर्ने हुन्छ ।

सामान्यतय २४ घण्टामा ५ लिटर पानी पिउनुपर्छ । तर खाडि मुलुकमा अत्याधिक गर्मी छ छालाबाट पसिना धेरै जान्छ भने अझ धेरै पानी पिउनुपर्ने हुन्छ ।

पिसाबको रंग हेरेर पानिको आवश्यकता अड्कल गर्न सकिन्छ । सामान्य अवस्थामा पानिको रंग हल्का पहेलो हुन्छ । तर पिसाबको रंग गाढा पहेले, रातो, धमिलो र गन्ध आउन थाल्यो भने शरीरलाई पानिको मात्रा कम भएको बुझ्नुपर्छ ।

यस्तो अवस्थामा पानि बढि पिए सामान्य अवस्थामा आउँछ ।

कुनै पनि ब्याक्टोरीयाले पिसाबको बाटो हुदै प्रोष्टेट ग्ल्याण्डसम्म पुग्यो भने प्रोष्टेट ग्ल्याण्डमा पनि संक्रमण हुनसक्छ ।

सो संक्रमण हुन नदिन पिसाबको परिक्षण गराइराख्नुपर्छ ।

परिक्षण गराउँदा पिसाबमा ब्याक्टोरीया देखिएमा निर्मुल पार्नु पर्छ । पिसाब स्वस्थ्य भएपनि मिर्गौला तथा पेटको भिडियो एक्सरे तिन महिनामा गराइरहनुपर्छ ।

प्रोष्टेट ग्ल्याण्ड स्वस्थ राख्न केहि डाइटहरु आवश्यक पर्छ । प्रोष्टेट ग्ल्याण्डलाई हुर्काउन वा स्वस्थ राख्न म्याग्नेसियम, जिंक (काजु पिस्ता, बदाम, एल्मण्ड र ओखर जस्ता खाद्यपदार्थ) तत्व सेवन गर्नुपर्छ ।

त्यसैले खाडि मुलुकमा रहेका पुरुषले दैनिक चार पाँच वटा काजु, दश प्रन्ध्र वटा पिस्ता र बदाम, एल्मण्ड बेलुका भिजाएर बिहान १५ वटा खाने बानि बसाल्न आवश्यक छ ।

बर्गर चिज तारेको झानेका, चिल्लो पदार्थ भएको खानेकुरा खानुहुदैँन ।

प्रोष्टेट ग्ल्याण्डलाई जोगाउन घरेलु उपाय मलद्धारलाई माथीतिर तानेर १५ सम्म गन्ने र छोडिदिने ।

यो दिनमा ५ सय भन्दा बढि पटक भन्दा बढि गर्ने । यसो गर्दा प्रोष्टेट ग्ल्याण्डमा रक्त सञ्चार राम्रो हुन्छ । त्यहाँ अक्सिजन पुग्छ र विकारहरु हुन दिदैन ।

यो अभ्यास जुनसुकै समयमा गर्न सकिन्छ ।

(डा. रौनियार लाइफ लाइफ इन्टरनेशनल क्लिनीकमा कार्यरत छन् ।)

यो समाचार पनि पढ्नुहोस् : शरीरमा पानी कम हुँदा देखापर्ने ११ लक्षणहरू

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “विदेशमा बस्नेलाई प्रोष्टेट ग्ल्याण्ड बढी समस्या, के हो समस्या ?

Comments are closed.