रोचक

एक युवतीको २ वटा योनी २ वटा पाठेघर, १८ वर्षकी हुँदासम्म अन्जान

शेयर गर्नुहोस्

एक युवती दुईवटा गर्भाशय र २ वटा योनीको साथमा जन्मिएको पाइएको छ ।

यसलाई मेडिकल विज्ञानको क्षेत्रमा सम्भवतः पहिलो केस मानिएको छ । दुर्लभ शारीरिक बनोटका कारण यी युवती गर्भवती भएका बेला पनि उनको महिनावारी हुन सक्छ ।

पेन्सलभेनियाको फिलाडेल्फिया सहरकी २० वर्षकी पेज डिएन्जेलो नामकीयी युवतीमा गर्भाशयको दुर्लभ समस्या भएको पाइएको हो ।

डेलीमेलका अनुसार पेजको शरीरमा पूर्ण रुपमा काम गर्न सक्ने दुई प्रजनन प्रणाली छन् ।

यही कारण उनको एक महिनामा २ पटकसम्म महिनावारी हुन्छ ।

यसको अर्थ उनी आफ्नो एक गर्भाशयबाट गर्भवती हुन सक्छिन् तर त्यही समयमा उनको अर्को गर्भाशयबाट महिनावारी पनि हुन सक्छ । यस्तो अवस्थामा उनले आफू गर्भवती भएको थाहा नपाउन पनि सक्छिन् ।

यतिमात्र होइन उनी आफ्ना २ गर्भाशयबाट छुट्टाछुट्टै गर्भवती पनि हुन सक्छिन् ।

पेजको एक महिनामा २ पटक महिनावारी चक्र पूरा हुन्छ र यो महिनावारी फरक फरक समयमा हुन्छ ।

पेजले यो अनौठो शारीरिक अवस्थाको जानकारी आफू १८ वर्षकी भएपछि मात्रै पाएकी थिइन् ।

त्यतिबेला उनी महिनामै २ पटक महिनावारी हुने समस्याका कारण स्त्रीरोग विशेषज्ञकहाँ गएकी थिइन् ।

पेजलाई कहिलेकाहीँ हरेक २ हप्तामा महिनावारी हुन्थ्यो ।

उनको जाँचपछि डाक्टरले पेजकी आमालाई बोलाएर आमाको साथमा यो स्वास्थ्य समस्याबारे बताएका थिए ।

यो समाचार पनि पढ्नुहोस् : महिलाको पिसाब चुहिने (मूत्र असंयम) समस्याबाट कसरी छुटकारा पाउने ?

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “एक युवतीको २ वटा योनी २ वटा पाठेघर, १८ वर्षकी हुँदासम्म अन्जान

Comments are closed.