साइप्रस न्युज

साइप्रसमा बुधबार 952 मा कोरोना संक्रमण, नेपालमा २८ जनाले ज्यान गुमाए

शेयर गर्नुहोस्

समिम मियाँ
७  जुलाई २०२१/लिमासोल

साइप्रसमा कोरोना को संक्रमण तिव्र रुपमा बढेको  छ।

मंगलबार ८२७ मा संक्रमण पुष्टी भएकोमा बुधबार  यो संख्या थप  बढेर ९५२  मा पुगेको छ।

पछिल्लो पटक कोभिडका  बिरामी को संख्या ९४७ पुग्दा लकडाउन लगाइएको थियो।

दैनिक बढेको कोभिड संक्रमित बिरामी अधिकांस ३० वर्ष मुनिका युवा रहेको देखिएको छ।

यो संगै पोजेटिभिटि दर पनि २.१६  प्रतिशत भएकोछ।

स्वास्थ्य मन्त्रालयले बुधबार  दिनभरिको टेस्टको जानकारी दिदै 44,045 नमुनाको पिसिआर र र्यापिड टेस्ट गरिएकोमा  मा संक्रमण देखिएको बताएको हो ।

आज को ताजा आंकडा अनुसार गत वर्ष मार्च देखि हाल सम्म ८०,५८८ जना संक्रमित भै सकेका छन्।

कन्ट्याक्ट ट्रेसिंगमा परेका १०९ जना , पापोस र लार्नाका एयरपोर्ट बाट ६ जना, व्यक्तिगत रुपमा चेक गराउने १४४  जना, जनस्वास्थ्य ल्याब बाट १२  जनामा कोरोना पोजेटिभ देखिएको हो।

प्राइभेट ल्याब र फार्मेसीमा गराइएका १७ जना र सरकारी नि:शुल्क र्यापिड टेस्ट कार्यक्रम अन्तर्गत ६६४ जना मा कोरोना पुस्टी भएको हो।

देश भरका विभिन्न जिल्ला मा गरिएको सरकारी नि:शुल्क र्यापिड टेस्ट कार्यक्रम अन्तर्गत ६६४ बिरामी फेला परेका मध्य निकोसियामा १९४   जना, लार्नकामा १०५ जना, लिमासोलामा २२१ जना, पापोसमा ६५ जना , फामागुस्तामा ७९ जनामा संक्रमण पुष्टी भएको हो।

कोभिड बढे संगै अहिले देश भरिका हस्पिटलमा ९३ जना कोभिड का बिरामी भर्ना भएका छन्।

जसमध्य २७  जनाको अवस्था गम्भिर रहेको छ।

कोरोनाको कारण हाल सम्म ३८० को ज्यान गैसकेको छ।

यो समाचार पनि पढ्नुहोस् : बिहिबार कहाँ हुदै छ कोरोना टेस्ट ?

कामदारले कोरोनको पहिलो र दोस्रो डोज लगाउने दिन छुट्टी पाउने भएका छन्।  जुलाई १५ देखि अगस्त ३१ सम्म भित्रमा कम्तिमा  खोप लगाउने आर्मी जवानले ५ दिन को छुट्टी पाउने व्यवस्था गरिएको छ।

बुधबार बिहान राष्ट्रपति निकोस अनास्टसियादेशको अध्यक्षतामा बसेको मंत्री परिषद बैठकले कोरोनाको तत्काल को अवस्था माथि छलफल गर्दै आतिथ्य सत्कार क्षेत्र मा  केहि प्रतिबन्ध  गर्ने निर्णय गरेको छ ।

कोभिड १९ को पछिल्लो अवस्था अनुसार इसीडिसी ले साइप्रसलाई रेड जोन मा राखे पछि खोप नलगाएका ३० वर्ष मुनिका युवालाई भ्याकसिन लगाउन प्रोत्साहन गर्ने लक्ष्य राख्दै सरकारले विभिन्न किसिमको पुरस्कार तथा भत्ता दिने पनि निर्णय गरेको छ।

कोभिड को एक डोज वा दुवै डोज लागेका व्याक्तिले जुलाई १५ देखि अगस्ट ३१ सम्म होलिडे मा जाँदा बस्ने होटेल रुमको ३५ % खर्च व्यहोर्ने बताएको छ।

हाल सम्म देश भरिका ६४.६% जनसंख्याले खोप को पहिलो डोज लिइ सकेका छन्। सरकारले कोरोनाको खोप लगाउन अपिल गरि रहेको छ।

यो समाचार पनि पढ्नुहोस् : ३७ वर्षअघि नाकमा अड्किएको सिक्का कोरोना परीक्षण गर्दा भेटियो

नेपालमा आज २०७७ मा कोरोना, २८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ७७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ८३५ पीसीआर परीक्षणमा बुधबार थप २ हजार ७७ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ५० हजार १६२ पुगेको छ ।

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ६३ परीक्षणबाट ९०२ जनामा पोजिटिभ देखिएको छ ।

२४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको ११ हजार ८९८ परीक्षणमा २ हजार ९७९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ३३३ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म निको हुनेको संख्या ६ लाख १४ हजार ३२७ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप २८ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार २९१ पुगेको छ ।

हालसम्म देशभर ३३ लाख ९१ हजार ३७९ नमुनाको पीसीआर परीक्षण भएको छ ।

क्वारेन्टाइनमा ३२३ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या २६ हजार ५४४ रहेको छ ।

यसैबीच काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५४३ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार काठमाडौं ३९०, ललितपुर ८७ र भक्तपुरमा ६७ जनामा संक्रमण देखिएका हुन् ।

यो समाचार पनि पढ्नुहोस् : फेसबुक, भाइबर, ह्वाट्सएप, इमो बाट ठगी बढ्यो, कसरी बच्ने ?

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।