महत्वपूर्ण जानकारी

घर बसेर यसरी खोज्नुहोस् बैदेशिक रोजगारको डिमाण्ड, अब मेनपावर जानु नपर्ने

शेयर गर्नुहोस्

बैदेशिक रोजगारमा जाने योजनामा हुनुहुन्छ ? विदेशको कुन कम्पनीबाट कस्तो काममा डिमाण्ड(माग) आएको छ बुझ्न अव मेनपावर कम्पनीहरु चहारिरहनु पर्दैन।

बैदेशिक रोजगार विभागको वेभसाइटबाट नै यसको जानकारी लिन सकिने भएको छ ।

मागपत्रहरुका बारेमा जानकारी दिन बैदेशिक रोजगार विभागले https://foreignjob.dofe.gov.np/ को व्यवस्था गरेको हो ।

विभागका महानिर्देशकले फेसबुक चलाउन सक्नेले वैदेशिक रोजगारीमा जान चाहेको ठाम, काम, दाम, नेपालबाट पठाउने कम्पनी नाम सबैको जानकारी लिनका लागि विभागको वेबसाइट https://foreignjob.dofe.gov.np/ बाट विदेशको कम्पनीको मागका बारेमा बुझ्न सक्ने बताए ।

उनले दलालहरुले आकास पातल जोडेर, बढाई चढाई गरेर, हुँदै नभएको काममा पठाउँछु भन्ने, मिल्दै नमिल्ने तलब पाइन्छ भन्ने र सोझासाझालाई ठग्ने काम भइरहेको भन्दै त्यसलाई रोक्न अनलाइनबाट नै मागपत्रका बारेमा जानकारी दिन सक्ने व्यवस्था मिलाएको बताए ।

“अब जान चाहेको कामको आधारमा वा देशको आधारमा वा पठाउने कम्पनीको आधारमा वा जागिर दिने कम्पनीको आधारमा कुनै एक ठाउँमा अलिकति स्पेलिङ मिलाएर सूचना भर्ने वित्तिकै सत्यतथ्य के हो आइहाल्छ” महानिर्देशकले भने ।

मागपत्रको खोजि कसरी गर्न सकिन्छ भनेर विभागको वेभसाइट (यहाँ क्लिक गर्नुहोस् ) मा त्यस सम्वन्धि जानकारी राखिएको छ ।

यो समाचार पनि पढ्नुहोस् : क्यानडा र युरोप working visa मा पठाइदिन्छु भन्दै एक करोड भन्दा बढी ठगी गर्ने २ पक्राउ

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “घर बसेर यसरी खोज्नुहोस् बैदेशिक रोजगारको डिमाण्ड, अब मेनपावर जानु नपर्ने

Comments are closed.