साइप्रस न्युज

शुक्रबार तापक्रम ४० डिग्री पुग्ने, Yellow warning जारी

शेयर गर्नुहोस्

समिम मियाँ
8  जुलाई २०२१/लिमासोल

संसार भरिका विभिन्न देशमा तापक्रम उच्च भएको खबर आइरहेका छन्।  उसो त गल्फ का देश मा तापक्रम बढ्नु कुनै नौलो होइन तर यस पटक को गर्मि सिजन को सुरुवातमै तातो ले अत्याई सकेको छ।

साइप्रसमा पनि केहि दिन देखि गर्मि बढ्ने र घट्ने गरिरहेको  छ।  साइप्रस मौसम विभागका अनुसार तापक्रम अझै बढ्ने  पुर्वानुमान गर्दै  सतर्कता अपनाउन  भनेको छ।

मौसम विभागले तापक्रम अनुसार सतर्कता संकेत , एल्लो ,ओरेन्ज, रेड  गरि वर्गीकरण गरेको छ। ३ दिन सम्म लगातार तापक्रम उच्च रही रहे त्यसलाई ‘हिट वेभ ‘ भन्ने गरिएको छ।

मौसम विभागले शुक्रबार पनि तापक्रम  ४० डिग्री सेल्सियस  सम्म पुग्ने अनुमान गर्दै सतर्कता संकेत एल्लो जारी गरेको छ।

शुक्रबार दिउँसो १ बजे देखि ५ बजे सम्म को लागि सतर्कता अपनाउन भनिएको हो।

भोलि पहाडि इलाकामा बादल लाग्नेछ भने दक्षिण समुन्द्र तटीय इलाकामा भने तापक्रम ३४ डिग्री सेल्सियस, उत्तरी समुन्द्र तटीय इलाकामा ३१  डिग्री सेल्सियस र पहाडि इलाक्मा ३०  डिग्री सेल्सियस सम्म पुग्ने अनुमान छ।

शनिवार र आइतबार भने मौसम शितल रहने छ भने पहाडि इलाकामा वर्षा हुने पूर्वानुमान गरिएको छ।

यो समाचार पनि पढ्नुहोस् : साइप्रसमा रिलिज लिनको लागि इम्प्लोयरलाइ दिने 30 Days Notice Period लेटर कसरी लेख्ने ?

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।