साइप्रस न्युज

साइप्रसमा बिहिबार 993 मा कोरोना संक्रमण पुष्टी, किन लकडाउन गर्ने मुडमा छैन सरकार (update)

शेयर गर्नुहोस्

समिम मियाँ
८  जुलाई २०२१/लिमासोल

साइप्रसमा कोरोना को संक्रमण तिव्र रुपमा बढेको  छ। European Centre for Disease Prevention and Control (ECDC) ले साइप्रसलाई ‘डार्क रेड’ जोन मा राखेको छ। युरोपियन युनियन भित्र साइप्रस मात्र एक देश हो जो डार्क रेड’ जोन मा परेको छ।

बुधबार ९५२  मा संक्रमण पुष्टी भएकोमा बिहिबार  यो संख्या थप  बढेर ९९३  मा पुगेको छ।

पछिल्लो पटक कोभिडका  बिरामी को संख्या ९४७ पुग्दा लकडाउन लगाइएको थियो।

दैनिक बढेको कोभिड संक्रमित बिरामी अधिकांस ३० वर्ष मुनिका युवा रहेको देखिएको छ। देश भरिका अस्पतालमा कोभिड को बिरामीको संख्यामा पनि उछाल आएको छ। अहिले १०७ जना भर्ना भएका छन्

यो संगै पोजेटिभिटि दर पनि २.०३   प्रतिशत भएकोछ।

स्वास्थ्य मन्त्रालयले बिहिबार  दिनभरिको टेस्टको जानकारी दिदै ४९,०३२  नमुनाको पिसिआर र र्यापिड टेस्ट गरिएकोमा  मा संक्रमण देखिएको बताएको हो ।

कन्ट्याक्ट ट्रेसिंगमा परेका ६९९  जना मध्य  ७१  जना , पापोस र लार्नाका एयरपोर्ट बाट ३३०५  जना मध्य  ७  जना, व्यक्तिगत रुपमा चेक गराउने ३४५७ जना मध्य १२८ जना, जनस्वास्थ्य ल्याब बाट ३७७ जना मध्य १४ जनामा कोरोना पोजेटिभ देखिएको हो।

प्राइभेट ल्याब र फार्मेसीमा गराइएका ८४३ जना मध्य ३४  जना र सरकारी नि:शुल्क र्यापिड टेस्ट कार्यक्रम अन्तर्गत  ४०२६५ जना मध्य ७३९ जना मा कोरोना पुस्टी भएको हो।

covid test site

देश भरका विभिन्न जिल्ला मा गरिएको सरकारी नि:शुल्क र्यापिड टेस्ट कार्यक्रम अन्तर्गत ७३९ बिरामी फेला परेका मध्य निकोसियामा २०१   जना, लार्नकामा ९४ जना, लिमासोलामा २६२ जना, पापोसमा ८०  जना , फामागुस्तामा ६६  जनामा संक्रमण पुष्टी भएको हो।

आज को ताजा आंकडा अनुसार गत वर्ष मार्च देखि हाल सम्म ८१,५८१  जना संक्रमित भै सकेका छन्।

कोभिड बढे संगै अहिले देश भरिका हस्पिटलमा १०७  जना कोभिड का बिरामी भर्ना भएका छन्।

जसमध्य २८   जनाको अवस्था गम्भिर रहेको छ।

कोरोनाको कारण हाल सम्म ३८० को ज्यान गैसकेको छ।

यो समाचार पनि पढ्नुहोस् : शुक्रबार कहाँ हुदै छ कोरोना टेस्ट ?

कामदारले कोरोनको पहिलो र दोस्रो डोज लगाउने दिन छुट्टी पाउने भएका छन्।  जुलाई १५ देखि अगस्त ३१ सम्म भित्रमा कम्तिमा  खोप लगाउने आर्मी जवानले ५ दिन को छुट्टी पाउने व्यवस्था गरिएको छ। सरकारले लकडाउन गर्ने भन्दा खोप लगाउनलाई प्राथमिकता दिएको छ।

खोप नलगाएका ३० वर्ष मुनिका युवालाई भ्याकसिन लगाउन प्रोत्साहन गर्ने लक्ष्य राख्दै सरकारले विभिन्न किसिमको पुरस्कार तथा भत्ता दिने पनि निर्णय गरेको छ।

करिब ६५ प्रतिशत जनतालाई एक डोजको  खोप लगाई सकिएको छ।

बुधबार बिहान राष्ट्रपति निकोस अनास्टसियादेशको अध्यक्षतामा बसेको मंत्री परिषद बैठकले कोरोनाको तत्काल को अवस्था माथि छलफल गर्दै आतिथ्य सत्कार क्षेत्र मा  केहि प्रतिबन्ध  गर्ने निर्णय गरेको छ ।

अब धेरै भिड भाड हुने स्थान, पार्टी प्यालेस होटेल रेस्टुरेन्ट लगायत आतिथ्य सत्कार क्षेत्रमा जान सेफ पास अनिवार्य गरिएको छ। जुलाई ९ देखि यो नियम लागु हुनेछ।

रेस्टुरेन्ट, पार्टी प्यालेस, नाइट क्लब, लाइभ म्युजिक सेन्टर, बार, सिनेमा, थियटर, धार्मिक स्थान र फुटबल स्टेडियम बाहेक का सबै खेलकुद हुने स्थानमा यो नियम लागु हुनेछ।

नियम पालना भए/नभएको सम्बन्धित म्यानेजर वा मालिकले हेर्नु पर्ने छ भने प्रहरी र अन्य सरकारी निकायले पनि अनुगमन गर्नेछ। सेफ पास आवश्यक पर्ने कि नपर्ने बारे सम्बन्धित व्यवसायीले प्रवेश द्वारमा देखिने गरि सुचना टास्नु पर्ने बताइको छ।

कोभिड को एक डोज वा दुवै डोज लागेका व्याक्तिले जुलाई १५ देखि अगस्ट ३१ सम्म होलिडे मा जाँदा बस्ने होटेल रुमको ३५ % खर्च व्यहोर्ने बताएको छ।

हाल सम्म देश भरिका ६४.६% जनसंख्याले खोप को पहिलो डोज लिइ सकेका छन्। सरकारले कोरोनाको खोप लगाउन अपिल गरि रहेको छ।

यो समाचार पनि पढ्नुहोस् : ३७ वर्षअघि नाकमा अड्किएको सिक्का कोरोना परीक्षण गर्दा भेटियो

नेपाल मा घट्दै कोरोना ,१,२१८ मा कोरोना पुष्टि

२४ घण्टामा देशभर १ हजार २१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार विभिन्न जिल्लामा गरिएको ५ हजार ३७४ पीसीआर परीक्षणमा १ हजार २१८ जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी, ५ हजार १३० एन्टिजेन परीक्षणमा ६५७ जनामा कोरोना संक्रमण देखिएको छ ।

पीसीआर र एन्टिजेन परीक्षणबाट कुल १ हजार ८७५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ५१ हजार ३८० पुगेको छ ।

४ घण्टामा १ हजार २८६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ६ लाख १५ हजार ६१३ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप २९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३२० पुगेको छ ।

यो समाचार पनि पढ्नुहोस् : फेसबुक, भाइबर, ह्वाट्सएप, इमो बाट ठगी बढ्यो, कसरी बच्ने ?

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *