देश विदेश

अमेरिका हिँडेका सात नेपाली डुंगा दुर्घटनापछि बेपत्ता

शेयर गर्नुहोस्

क्यारेबियन सागरमा डुंगा दुर्घटना हुँदा सात नेपाली बेपत्ता भएका छन्।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अवैद्य ढंगले समुन्द्रको बाटो हुँदै अमेरिका हिँडेका नेपाली र विदेशीहरु सवार डुंगा झण्डै तीन साता अघि कोलम्बियाको क्यारेबियन सागरमा दुर्घटना भएको थियो।

दुर्घटनापछि उद्धारमा खटिएको कोलम्बियाको कोभेनास कोस्ट गार्ड स्टेसनका अनुसार डुंगामा १८ जना सवार थिए।

तीमध्ये एक नेपाली र पाँच बंगलादेशीको उद्धार भएको छ। अन्य सात नेपालीसहित १२ जना हराइरहेका छन्।

स्टेसनले जनाएअनुसार घटना १९ जुन (असार ५) मा भएको हो।

उक्त डुंगामा सवार ८ नेपालीमा दाङका एन्जल बुढामगर, दाङ तुल्सीपुरकै हेमराज अधिकारी, दाङ पश्चिम हापुरेका रेशम डिंगामगर, पर्वत कुश्माका दिनेश गौतम, पर्वत ग्यादीका राजु गुरुङ, स्याङ्जाका नाम नखुलेका देवकोटा, म्याग्दीका प्रकाश विक तथा जिल्ला र नाम नखुलेका अर्का एक जना छन्।

तीमध्ये उद्धार गरिएका म्याग्दीका प्रकाश विक एक अस्पतालमा उपचार गराएर फर्किइसकेका छन्।

स्रोतका अनुसार ८ जना नेपालीलाई तीन फरक–फरक एजेन्टले फरक–फरक मितिमा काठमाडौंबाट उडाएका थिए।

उनीहरू सबैलाई नेपाली एजेन्टहरूले अवैध मार्गबाट कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, ग्वाटेमाला हुँदै मेक्सिको पुर्‍याएर त्यहाँबाट अमेरिका छिराउने योजना बनाएको देखिन्छ।

कोलम्बियासम्म पुग्ने क्रममा सबै नेपालीले जनही करिब ३० लाख आसपासमा एजेन्टलाई पैसा बुझाएको देखिन्छ।

दुर्घटनामा ८ जना नेपाली परेको पुष्टि भए पनि कति जनाको मृत्यु भएको हो, मृत्यु भएका भनिएकाको शव कहाँ राखिएको छ, तिनीहरूलाई कसले कोलम्बियासम्म पुर्याएको हो भन्नेबारे भने कुनै सूचना सार्वजनिक भएको छैन।

यो समाचार पनि पढ्नुहोस् : नेपालमा जुलाई १६ बाट कस्ता मोबाइल बन्द हुँदै छन् ?

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।