साइप्रस न्युज

कम्बोडियामा राम्रो रोजगारीमा लगाइदिन्छु भनेर महिला बिक्री गर्ने व्याक्ति पक्राउ

शेयर गर्नुहोस्

नेपाली महिलालाई भारत हुँदै कम्बोडिया लगि बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।

प्रहरीका अनुसार वैदेशिक रोजगारीको आश्वासनमा महिलालाई फसाई कम्बोडिया पुर्याएर बेच्ने कार्यमा संलग्न धनकुटा सहिदभूमि गाउँपालिका–२ बस्ने ३७ वर्षीय किसान राई पक्राउ परेका हुन् ।

राईले पीडितसँग फेसबुकबाट चिनजान गरी कन्स्ट्रक्सन तथा व्यापारको काममा ग्यारेन्टी रोजगार हुनेगरी ४ लाख ५० हजार रुपैयाँ भिसा खर्चमा कम्बोडिया पुर्याउने गर्छन् ।

उनले महिलालाई खाने बस्ने खर्च बाहेक नगद १ लाख रुपैयाँ मासिक कमाई हुन्छ भन्दै प्रलोभनमा पारी पीडितसँग नगद ४ लाख ५० हजार रुपैयाँ लिई भारत, म्यानमार, थाइल्याण्ड हुदै कम्बोडिया पुर्याउने गर्छन् ।

कम्बोडियामा चिनियाँ नागरिकहरु बस्ने गरेको घरमा खाना बनाउने र घर सफा गर्ने भन्दै लगेर झुक्याएर यौन दाशीको रुपमा काम गर्ने गरी पीडितलाई बेचबिखन गरेको भन्ने जाहेरीको आधारमा प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धान गर्ने क्रममा उनलाई पक्राउ गरेको हो ।

साथै, राई समेतले अन्य ४५ जना नेपाली महिला तथा पुरुषलाई विभिन्न बाटो हुँदै अवैध रुपमा कम्बोडिया लगि अलपत्र पारेको सम्बन्धमा वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा समेत मुद्दा दर्ता भएको खुल्न आएको छ ।

राई उपर जिल्ला अदालत काठमाडौंबाट म्याद अनुमती लिई थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

यो समाचार पनि पढ्नुहोस् : अमेरिका हिँडेका सात नेपाली डुंगा दुर्घटनापछि बेपत्ता। …

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “कम्बोडियामा राम्रो रोजगारीमा लगाइदिन्छु भनेर महिला बिक्री गर्ने व्याक्ति पक्राउ

Comments are closed.