कोरोना

फ़ाइजरको दुवै डोज खोप लगाएकाले पनि तेस्रो खोप लगाउनु पर्ने फ़ाइजर को भनाइ

शेयर गर्नुहोस्

काठमाण्डाै – अमेरिकी खोप निर्माता कम्पनी फाइजरले आफूले बनाएको कोरोना भाइरस विरूद्धको तेस्रो खोपका लागि अनुमति माग्ने भएको छ ।

कोरोनाविरुद्धको पहिलो र दोस्रो खोप लगाएकाहरुले बुस्टर डोज अर्थात तेस्रो डोज लगाउनु पर्ने फाइजरको भनाइ छ ।

तेस्रो खोपका लागि फाइजरले अर्को महिना अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन एफडीएमा निवेदन दिने भएको छ ।

तेस्रो डोज नलगाए फाइजरका दुवै डोज लगाएकाहरूमा ६ महिनापछि फेरि सङ्क्रमण हुन सक्ने सम्भावना रहेको जनाएको छ ।

कोरोनाको डेल्टा भेरियन्टको नियन्त्रणका लागि पनि बुस्टर डोज लगाउनु पर्ने फाइजरको भनाइ छ ।

तर, विज्ञले भने बुस्टर डोजको आवश्यकतामाथि प्रश्न उठाएका छन् ।

यो समाचार  पनि पढ्नुहोस् : 

कोभिड खोप लगाउनु अघि र पछि के खाने ?

पछिल्लो समय कोरोना भाइरसले नयाँ रेकर्ड बनाइरहेको छ । नेपालमा पनि दशौं हजारले खोप लगाइसकेका छन् । पहिलो चरणको खोप लगाउनेहरू अब दोस्रो चरणको खोप लगाउने क्रममा छन् । खोप सुरक्षित होस् भन्ने सबैको चाहना हुन्छ ।

तर, पहिलो चरणको खोप लगाउने केहीलाई खोपका कारण साइड इफेक्ट पनि देखियो ।

विज्ञहरूका अनुसार खोप प्रक्रियामा खानपिनले पनि महत्वपूर्ण भूमिका खेल्छ ।

स्वस्थ खानाले शरीर स्वस्थ राख्न मद्धत गर्छ । यसबाट प्रतिरक्षा प्रणाली बलियो हुन्छ र संक्रमणको खतरा कम हुन्छ । खोप लगाउनु अघि र पछि के कस्तो खानपीन गर्ने त ?

हाइड्रेटेड अवस्था

हाइड्रेटेड रहँदा अर्थात् शरीरमा पानीको मात्रा धरै हुँदा शरीर स्वस्थ रहन्छ ।

खास गरी खोप लगाउने समयमा हाइड्रेटेड रहनु फाइदाजनक हुन्छ । त्यसैले धरै मात्रामा पानी पिउनुहोस् अनि पानीको बढी मात्रा हुने फाइबरयुक्त फलफुलहरू सेवन गर्नुहोस् ।

यसो गर्नाले खोप लिएपछि हुन सक्ने साइड इफेक्टको हानीबाट बच्न सकिन्छ ।

फाइबरयुक्त खाना

ब्रिटिस जर्नल अफ न्युट्रिसनमा प्रकाशित एक अध्ययनअनुसार कोरोना महामारीको समयमा स्वस्थ खाना खाने बानी हुनु पनि जरुरी देखिएको छ ।

त्यसैले जब कोभिड १९ को खोप लगाउने निर्णय गर्नु हुन्छ, तब स्वस्थबद्र्धक खाना खाने बानी बसाल्नुहोस् ।

धेरै क्यालोरी भएका खानाभन्दा पनि धेरै फाइबर भएका खाना खानुहोस् । फाइबरवाला फल र जुसको सेवनले शरीरलाई स्वस्थ र साइड इफेक्ट हुनबाट जोगाउँछ ।

चिनीयुक्त खानाबाट टाढा

खोप लगाउँदा मानसिक रूपमा तन्दुरुस्त र सक्रिय रहन पौष्टिक आहारको पनि आवश्यकता छ ।

भिटामिन र मिनरलयुक्त दाल, ओट्स लगायतका खानाहरू खानुहोस् ।

जर्नल अफ क्लिनिकल स्लीप मेडिसिनमा प्रकाशित अध्ययनअनुसार स्याचसरेटेड फ्याट र अत्याधिक चिनीयुक्त खानाबाट टाढै रहनुपर्छ ।

यसको सेवनले तनाव र चिन्ता बढ्छ, जसका कारण निद्रासँग सम्बन्धित समस्या र रोगहरू निम्तन्छन् ।

कोभिड १९ को खोप लिनुभन्दा पहिला र लिएपछि आफ्नो डाइटसँग कुनै सम्झौता नगरौँ ।

विज्ञहरूको अनुसार खोप लिएपछि हुने बेहोशी पनि एक साइड इफेक्ट मानिएकोे छ, जसलाई पौष्टिक खाना सेवन गरेर ठिक गर्न सकिन्छ ।

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार प्रशस्त पानी तथा स्वस्थ र सन्तुलित आहारको सेवनले बेहोशी र तनावको लक्षणलाई कम गर्न सकिन्छ ।

यो समाचार  पनि पढ्नुहोस् : बैदेशिक रोजगारीमा जानेलाई चिनियाँ खोप लगाएर पठाइने 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

2 thoughts on “फ़ाइजरको दुवै डोज खोप लगाएकाले पनि तेस्रो खोप लगाउनु पर्ने फ़ाइजर को भनाइ

Comments are closed.