साइप्रस न्युज

जंगलमा डढेलो लगाउनेलाई आजीवन जेल र जरिवाना गर्ने कानुन बनाउन प्रस्ताव

शेयर गर्नुहोस्
समिम  मियाँ
९ जुलाई २०२१/ लिमासोल

गत शनिवारको भिषण आगलागी को हप्ता दिन नपुग्दै ट्रोडोस हिमालायन रेञ्ज मा पर्ने पेरा पेडि को जंगलमा आगलागी भएको छ ।

शुक्रबार बिहान आगलागी भएको खबर पाउन साथ अग्नि नियन्त्रक विभागले समयमै कदम उठाउदै आगो नियन्त्रण मा लिन सफल भयो।

सुख्खा झारपात र पातपतिङ्गर भएको जंगल  आगलागी भएको जानकारी पाए लगतै २७ दमकल ,९ अग्नि समन विमान, नेशनल गार्ड र अग्नि नियन्त्रकको ठुलो टोलिले आगो नियन्त्रण मा लिन सफल भएको थियो ।

गाउँ नजिकै को जंगल मा आगो लागे पछि गाउँ खालि गरिएको थियो।

मानिसले जानाजान आगो लगाउने क्रम बढे पछि कृषि मंत्री कोस्तास कदिस आक्रोसित हुदैँ जंगल मा जानाजान आगो लगाउनेलाई आजीवन काराबास र भारी जरिवाना गर्ने  कानुन बनाउन प्रस्ताव लैजाने बताउनु भएको छ।

आगलागी बाट जनधन को क्षति हुनुका साथै जंगल तथा जंगली जनावर को पनि बासस्थान नासिने हुँदा यस बाट बच्न कडा कानुन ल्याउनु पर्ने देखिएको हो।

प्रचलित कानुन अनुसार जंगल वा जंगल को २ किमि को घेरा मा डढेलो लगाउने, आगो बालेर छोड्ने,चुरोट तथा सलाई राम्रो संग ननिभाइ फ्याक्ने र आग्गलागी हुने जस्तो सुकै कार्य गर्नेलाई १० वर्ष को जेल सजाय र पचास हजार युरो को जरिवाना वा दुवै हुन सक्ने व्यवस्था छ।

अब ‘समर होलिडे ‘मा अधिकांस स्थान मा निर्माणको काम बढी हुने हुदाँ आगो को झिल्को निस्कने कार्यमा बढी ध्यान दिनु पर्ने मंत्रीले बताउनु भयो।

गत हप्ता लिमासोल – लार्नाका को सिमानामा लागेको भिसण आगोले ५५ वर्ग किलो मिटर क्षेत्रफल मा फैलिएर ७ गाउँ मा क्षति पुर्याएको थियो। ४ जना इजिप्सियन कामदारको जलेर मृत्यु भएको थियो।

गत शनिवार लागेको भिषण आगो को पुरा समाचार तल को लिंक मा क्लिक गरि हेर्नुहोस :

साइप्रस आगलागी: ४ कामदारको मृत्यु, ५० घर नस्ट खेतिमा पनि ठुलो क्षति (फोटो सहित)….

आगलागी स्थानको रातभरि का फोटोहरु

आगलागीबाट बाँचेकी एक नेपालीको अनुभव: कोलाहाल, धुवाँ बीचमा आगोले घेर्दा बाँच्ने आशा छोडिसकेको थिए। ….

लिमासोल-लार्नाका आगलागी नियन्त्रण भए पछिका ३० तस्बिरहरु। कस्तो भयो हेर्नुहोस्।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।