साइप्रस न्युज

साइप्रसमा शुक्रबार ८८२ मा कोरोना संक्रमण पुष्टी, डार्क रेड जोनमा पर्यो

शेयर गर्नुहोस्

समिम मियाँ
९  जुलाई २०२१/लिमासोल

साइप्रसमा कोरोना को संक्रमण तिव्र रुपमा बढे पछि  डार्क रेड’ जोन मा परेको छ। । European Centre for Disease Prevention and Control (ECDC) ले साइप्रसलाई ‘डार्क रेड’ जोन मा राखेको हो ।

बिहिबार ९९३  मा संक्रमण पुष्टी भएकोमा  शुक्रबार यो संख्या केहि घटेर ८८२ मा झरेको  छ।

दैनिक बढेको कोभिड संक्रमित बिरामी अधिकांस ३० वर्ष मुनिका युवा रहेको देखिएको छ। देश भरिका अस्पतालमा कोभिड को बिरामीको संख्यामा पनि उछाल आएको छ। अहिले ११७ जना भर्ना भएका छन्

यो संगै पोजेटिभिटि दर पनि १.४२  प्रतिशत भएकोछ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार दिनभरिको टेस्टको जानकारी दिदै ६२,१६१  नमुनाको पिसिआर र र्यापिड टेस्ट गरिएकोमा ८८२ जनामा मा संक्रमण देखिएको बताएको हो ।

कन्ट्याक्ट ट्रेसिंगमा परेका ६९९  जना मध्य  ७१  जना , पापोस र लार्नाका एयरपोर्ट बाट ३११० जना मध्य ५   जना, व्यक्तिगत रुपमा चेक गराउने ३४३१  जना मध्य १५७  जना, जनस्वास्थ्य ल्याब बाट ३३२  जना मध्य २६  जनामा कोरोना पोजेटिभ देखिएको हो।

प्राइभेट ल्याब र फार्मेसीमा गराइएका १०४२  जना मध्य २७  जना र सरकारी नि:शुल्क र्यापिड टेस्ट कार्यक्रम अन्तर्गत ५४२४६  जना मध्य ६६७   जना मा कोरोना पुस्टी भएको हो।

देश भरका विभिन्न जिल्ला मा गरिएको सरकारी नि:शुल्क र्यापिड टेस्ट कार्यक्रम अन्तर्गत ६६७   बिरामी फेला परेका मध्य निकोसियामा १८७  जना, लार्नकामा १०३  जना, लिमासोलामा २३८  जना, पापोसमा ७६  जना , फामागुस्तामा ५१ जनामा संक्रमण पुष्टी भएको हो।

जिल्ला अनुसार धेरै संक्रमण लिमासोल मा रहेको देखिएको छ।

आज को ताजा आंकडा अनुसार गत वर्ष मार्च देखि हाल सम्म ८२,४६३ जना संक्रमित भै सकेका छन्।

कोभिड बढे संगै अहिले देश भरिका हस्पिटलमा ११७  जना कोभिड का बिरामी भर्ना भएका छन्।

जसमध्य ३० जनाको अवस्था गम्भिर रहेको छ।

कोरोनाको कारण हाल सम्म ३८० को ज्यान गैसकेको छ।

यो समाचार पनि पढ्नुहोस् : १० जुलाइ शनिवार  कहाँ हुदै छ कोरोना टेस्ट ?

कामदारले कोरोनको पहिलो र दोस्रो डोज लगाउने दिन छुट्टी पाउने भएका छन्।  जुलाई १५ देखि अगस्त ३१ सम्म भित्रमा कम्तिमा  खोप लगाउने आर्मी जवानले ५ दिन को छुट्टी पाउने व्यवस्था गरिएको छ। सरकारले लकडाउन गर्ने भन्दा खोप लगाउनलाई प्राथमिकता दिएको छ।

खोप नलगाएका ३० वर्ष मुनिका युवालाई भ्याकसिन लगाउन प्रोत्साहन गर्ने लक्ष्य राख्दै सरकारले विभिन्न किसिमको भत्ता दिने पनि निर्णय गरेको छ।

करिब ६५ प्रतिशत भन्दा बढी जनतालाई एक डोजको  खोप लगाई सकिएको छ।

बुधबार बिहान राष्ट्रपति निकोस अनास्टसियादेशको अध्यक्षतामा बसेको मंत्री परिषद बैठकले कोरोनाको तत्काल को अवस्था माथि छलफल गर्दै आतिथ्य सत्कार क्षेत्र मा  केहि प्रतिबन्ध  गर्ने निर्णय गरेको छ ।

अब धेरै भिड भाड हुने स्थान, पार्टी प्यालेस होटेल रेस्टुरेन्ट लगायत आतिथ्य सत्कार क्षेत्रमा जान सेफ पास अनिवार्य गरिएको छ। जुलाई ९ देखि यो नियम लागु हुनेछ।

रेस्टुरेन्ट, पार्टी प्यालेस, नाइट क्लब, लाइभ म्युजिक सेन्टर, बार, सिनेमा, थियटर, धार्मिक स्थान र फुटबल स्टेडियम बाहेक का सबै खेलकुद हुने स्थानमा यो नियम लागु हुनेछ।

नियम पालना भए/नभएको सम्बन्धित म्यानेजर वा मालिकले हेर्नु पर्ने छ भने प्रहरी र अन्य सरकारी निकायले पनि अनुगमन गर्नेछ। सेफ पास आवश्यक पर्ने कि नपर्ने बारे सम्बन्धित व्यवसायीले प्रवेश द्वारमा देखिने गरि सुचना टास्नु पर्ने बताइको छ।

कोभिड को एक डोज वा दुवै डोज लागेका व्याक्तिले जुलाई १५ देखि अगस्ट ३१ सम्म होलिडे मा जाँदा बस्ने होटेल रुमको ३५ % खर्च व्यहोर्ने बताएको छ।

हाल सम्म देश भरिका ६५% भन्दा बढीले   जनसंख्याले खोप को पहिलो डोज लिइ सकेका छन्। सरकारले कोरोनाको खोप लगाउन अपिल गरि रहेको छ।

आज बाट १६ वर्ष माथिका सबैलाई कोरोना भ्याक्सिन पोर्टल खुल्ला गरिएको छ।

यो समाचार पनि पढ्नुहोस् : अमेरिका हिँडेका सात नेपाली डुंगा दुर्घटनापछि बेपत्ता

नेपाल मा थप २ हजार २३९ जनामा कोरोना संक्रमण

गत २४ घण्टामा नेपालमा २ हजार २३९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ३१६ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ६५७ पीसीआर परीक्षण गर्दा १ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ६५६ परीक्षण गर्दा ७६० जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा २० जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार मंगलबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ३४० पुगेको छ ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।