साइप्रस न्युज

आज शनिवार पनि तापक्रम ४० डिग्री पुग्ने, Yellow warning जारी

शेयर गर्नुहोस्
समिम मियाँ
१०  जुलाई २०२१/लिमासोल

साइप्रसमा पनि केहि दिन देखि गर्मि बढ्ने र घट्ने गरिरहेको  छ।  साइप्रस मौसम विभागका अनुसार तापक्रम अझै बढ्ने  पुर्वानुमान गर्दै  सतर्कता अपनाउन  भनेको छ।

मौसम विभागले तापक्रम अनुसार सतर्कता संकेत , एल्लो ,ओरेन्ज, रेड  गरि वर्गीकरण गरेको छ। ३ दिन सम्म लगातार तापक्रम उच्च रही रहे त्यसलाई ‘हिट वेभ ‘ भन्ने गरिएको छ।

मौसम विभागले आज लगातार दोस्रो दिन पनि तापक्रम  ४० डिग्री सेल्सियस  सम्म पुग्ने अनुमान गर्दै सतर्कता संकेत एल्लो जारी गरेको छ।

शनिवार  दिउँसो १ बजे देखि ५ बजे सम्म को लागि सतर्कता अपनाउन भनिएको हो।

आइताबार पहाडि इलाकामा दिउँसो  बादल लाग्नेछ भने वर्षा हुन सकेन अनुमान छ।  यता , सबै समुन्द्र तटीय इलाकामा भने तापक्रम ३४ डिग्री सेल्सियस पहाडि इलाक्मा ३१   डिग्री सेल्सियस सम्म पुग्ने अनुमान छ।

हिजो दिउसो निकोसिया को तापक्रम ४०, लिमासोल ३३ , लार्नाका ३५, पापोस ३१ पुगेको थियो।

बिरामी , बालबालिका र वृद्धलाई अत्यावस्यक काम बिना घर बाहिर नजान अनुरोध गरिएको छ।

यो समाचार पनि पढ्नुहोस् :

साइप्रसमा रिलिज लिनको लागि इम्प्लोयरलाइ दिने 30 Days Notice Period लेटर कसरी लेख्ने ?

शरीरमा पानी कम हुँदा देखापर्ने ११ लक्षणहरू

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *