साइप्रस न्युज

आइतबार ८४९ मा कोरोना संक्रमण पुष्टी

शेयर गर्नुहोस्

समिम मियाँ
११ जुलाई २०२१/लिमासोल

शनिवार ९६०  मा संक्रमण पुष्टी भएकोमा  आइतबार  यो संख्या केहि घटेर ८४९  मा झरेको  छ।

दैनिक बढेको कोभिड संक्रमित बिरामी अधिकांस ३० वर्ष मुनिका युवा रहेको देखिएको छ। देश भरिका अस्पतालमा कोभिड को बिरामीको संख्यामा पनि उछाल आएको छ। अहिले १३९  जना भर्ना भएका छन्

यो संगै पोजेटिभिटि दर पनि १.३३   प्रतिशत भएकोछ।

स्वास्थ्य मन्त्रालयले आइतबार दिनभरिको टेस्टको जानकारी दिदै ६३६६५  नमुनाको पिसिआर र र्यापिड टेस्ट गरिएकोमा ८४९  जनामा मा संक्रमण देखिएको बताएको हो ।

पापोस र लार्नाका एयरपोर्ट बाट  ५   जना, व्यक्तिगत रुपमा चेक गराउने  ६३  जना, जनस्वास्थ्य ल्याब बाट १४ जना र व्याक्तिगत डाक्टर को सिफारिस मा परेका मध्य ३ मा कोरोना पोजेटिभ देखिएको हो।

प्राइभेट ल्याब र फार्मेसीमा गराइएका  मध्य  २८  जना र सरकारी नि:शुल्क र्यापिड टेस्ट कार्यक्रम अन्तर्गत ५७३१६  जना मध्य ७३६  जना मा कोरोना पुस्टी भएको हो।

देश भरका विभिन्न जिल्ला मा गरिएको सरकारी नि:शुल्क र्यापिड टेस्ट कार्यक्रम अन्तर्गत  ७३६   बिरामी फेला परेका मध्य निकोसियामा २१३ जना, लार्नकामा ११६   जना, लिमासोलामा २३२   जना, पापोसमा ९३   जना , फामागुस्तामा ७९  जनामा संक्रमण पुष्टी भएको हो।

जिल्ला अनुसार धेरै संक्रमण लिमासोल मा रहेको देखिएको छ।

आज को ताजा आंकडा अनुसार गत वर्ष मार्च देखि हाल सम्म ८४२७२  जना संक्रमित भै सकेका छन्।

कोभिड बढे संगै अहिले देश भरिका हस्पिटलमा १३९   जना कोभिड का बिरामी भर्ना भएका छन्।

जसमध्य ३४ जनाको अवस्था गम्भिर रहेको छ।

कोरोनाको कारण हाल सम्म ३८० को ज्यान गैसकेको छ।

यो समाचार पनि पढ्नुहोस् : ग्रीस छिर्न गएका ६ नेपालीलाई टर्कीमा बन्धक बनाएर पाकिस्तानी दलालले मागे फिरौती

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।