साइप्रस न्युज

साइप्रसबाट पनि Intel Express मार्फत नेपालमा e-sewa मा पैसा पठाउन सकिने

शेयर गर्नुहोस्

रेमिट्यान्स् बजारमा तीव्र गतिमा बजार विस्तार गरिरहको ईसेवा मनि ट्रान्स्फर र युरोपबाट रेमिट्यान्स् सेवा प्रदान गर्दै आइरहेको जर्जिया स्थित् इन्टेल एक्स्प्रेसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।

सम्झौतासँगै साइप्रस युके, ग्रिस, , जर्जिया र इटलीमा रहेका नेपालीहरूलाई रेमिट्यान्स् पठाउन अझ सहज भएको छ ।

यससँगै इन्टेल एक्स्प्रेसमार्फत पठाएको रेमिट्यान्स् नेपालमा रहेका ईसेवा मनि ट्रान्स्फरका ८ हजार भन्दा बढी एजेन्ट नेटवर्कमार्फत सहजै पाउन सकिन्छ भने ईसेवा वालेटमा समेत रकम लोड गर्न सकिनेछ ।

इन्टेल एक्सप्रेस विश्वव्यापी रेमिट्यान्स् कारोबार गर्ने कम्पनी हो । साइप्रसमा लिमासोल र निकोसियामा यसको ब्रान्च रहेको छ।

सन् २००६ मा जर्जियामा स्थापना भएको यो कम्पनी जर्जियाको पहिलो रेमिटे्यान्स् कम्पनी हो, जसले ईयु, बेलायत, जर्जिया, युक्रेन, सोभियत पश्चात् अन्य राज्यहरू लगायत ५० बढी राज्यमा रेमिट्यान्स कारोबार गर्दछ ।

यसका ग्रीस, बेलायत, इटाली, र जर्जियामा आफ्नै कार्यालयमार्फत सेवा दिँदै आएको छ ।

यसका साथै विश्वभर विभिन्न बैंक तथा मनी ट्रान्स्फरमार्फत सेवा दिँदै आएको छ । ईसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट ईसेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विप्रेषण रकम भित्राउँदै आएको छ ।

ईसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई ८००० भन्दा बढी एजेन्ट सञ्जाल मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ईसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।