साइप्रस न्युज

लिमासोलको पाचना भिलेजमा लागेको आगो नियन्त्रणमा

शेयर गर्नुहोस्

अग्नि नियन्त्रक विभागले लिमासोलामा आज लागेको आगो नियन्त्रणमा आएको बताएको छ।  सोमबार बिहान १० बजे लिमासोलको आइयोस अम्ब्रोसियोस र पच्ना भिलेज बीचको सुक्खा झाडी भएको क्षेत्रमा आगलागी भएको थियो।

बन विभागले बढ्दो तापक्रमको कारण देखाउदै सुक्खा क्षेत्रमा आगलागी हुन सक्ने भनि ‘रेड अलर्ट’ जारी गरेको थियो।

आगलागीका कारण ५० हेक्टर क्षेत्रफलको सुक्खा घाँस र  झाडी जलेको छ यदपि ३ घरमा आगो सल्किन सक्ने खतरालाई अग्नि नियन्त्रकले  टारीदिएका  छन् ।

ठुलो संख्यामा दमकल र अग्नि नियन्त्रकका  साथै बन विभाग, सिभिल डिफेन्सलाई ८ हेलिकप्टर र अग्नि नियन्त्रक बिमानले हवाई मदद गरेका   थिए।

आगलागी नियन्त्रण योजना अन्तर्गत को ‘इकारोस योजना” लाई तुरुन्तै लागु गरि हवाई मददलाइ ४ बाट ८ गरिएको छ।

सम्भावित खतरालाई मध्य नजर गर्दै अग्नि नियन्त्रक दल अझै पनि सोहि स्थानमा उपस्थित रहेको छ।

रास्ट्रपति निकोस अनास्टसियादेश ले आगलागी बाट बच्न सकिने उपाय बारे हिजो सम्बन्धित विभाग प्रमुख संग छलफल गर्नु भएको थियो।

गत हप्ता लिमासोल – लार्नाका को सिमानामा लागेको भिसण आगोले ५५ वर्ग किलो मिटर क्षेत्रफल मा फैलिएर ७ गाउँ मा क्षति पुर्याएको थियो। ४ जना इजिप्सियन कामदारको जलेर मृत्यु भएको थियो।

मृतकका परिवारलाई साइप्रस सरकारले प्रति व्याक्ति एक लाख पच्चिस हजार युरो प्रदान गरेको छ।

शुक्रबार पनि ट्रोडोस हिमालायन रेञ्ज मा पर्ने पेरा पेडि को जंगलमा आगलागी भएको थियो  ।

मानिसले जानाजान आगो लगाउने क्रम बढे पछि कृषि मंत्री कोस्तास कदिस आक्रोसित हुदैँ जंगल मा जानाजान आगो लगाउनेलाई आजीवन काराबास र भारी जरिवाना गर्ने  कानुन बनाउन प्रस्ताव लैजाने बताउनु भएको छ।

प्रचलित कानुन अनुसार जंगल वा जंगल को २ किमि को घेरा मा डढेलो लगाउने, आगो बालेर छोड्ने,चुरोट तथा सलाई राम्रो संग ननिभाइ फ्याक्ने र आग्गलागी हुने जस्तो सुकै कार्य गर्नेलाई १० वर्ष को जेल सजाय र पचास हजार युरो को जरिवाना वा दुवै हुन सक्ने व्यवस्था छ।

आगलागी बाट जनधन को क्षति हुनुका साथै जंगल तथा जंगली जनावर को पनि बासस्थान नासिने हुँदा यस बाट बच्न कडा कानुन ल्याउनु पर्ने देखिएको हो।

यो समाचार पनि पढ्नुहोस् : ग्रीस छिर्न गएका ६ नेपालीलाई टर्कीमा बन्धक बनाएर पाकिस्तानी दलालले मागे फिरौती

आगलागीबाट बाँचेकी एक नेपालीको अनुभव:  कोलाहाल, धुवाँ बीचमा आगोले घेर्दा बाँच्ने आशा छोडिसकेको थिए। ….

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।