स्वास्थ्य

चकलेटले सुगर कन्ट्रोल गर्छ भन्दा पत्याउनु हुन्छ ? हेर्नुस् चकलेटबाट शरीरलाई पाँच फाइदा

शेयर गर्नुहोस्

रिसाएको पार्टनरलाई फकाउनका लागि चकलेट दिने ट्रेन्ड निकै लामो समयदेखि चल्दै आएको छ । तर चकलेटले रिसाएको पार्टनरलाई फकाउनुका साथै अन्य कुरामा पनि फाइदा पुर्याउँछ । डार्क चकलेट खाँदा हाम्रो शरीरले थुप्रै फाइदा पाउँछ । हरेक वर्ष ७ जुलाईमा वर्ल्ड चकलेट डे पनि मनाइन्छ । आउनुहोस्, चकलेटले शरीरलाई पुर्याउने फाइदाबारे यहाँ कुरा गरिएको छ ।

१. रक्तचापमा फाइदाजनकः

शोधका अनुसार डार्क चकलेटमा भएको म्याग्नेसियमले रक्तचापलाई कम गर्न पनि निकै फाइदाजनक हुन्छ । सन् २०१२ मा अष्ट्रेलियाको एक शोधका अनुसार जसले थोरै थोरै समयमा डार्क चकलेट खान्छन् उनीहरुको रक्तचाप साधारण हुन्छ ।

२. कोलेस्ट्रोल घटाउँछः

कोलेस्ट्रोलको समस्यामा पनि डार्क चकलेटले निकै फाइदा पुर्याउँछ । शोधका अनुसार डार्क चकलेटको सेवनले ब्याड कोलेस्ट्रोल कम हुन्छ र गुड कोलेस्ट्रोलको स्तर बढ्छ ।

यसले मुटुरोग र स्ट्रोकको खतरा कम गराउँछ । स्मरण रहोस्, शरीरमा ब्याड कोलेस्ट्रोल बढ्दा हृदयघात हुने खतरा अत्यधिक हुन्छ । तर डार्क चकलेट खाँदा यो खतरा कम हुने गर्छ ।

३. मुटुका लागि फाइदाजनकः

सन् २०१५ मा भएको एक अनुसन्धानको रिपोर्टमा बताइए अनुसार डार्क चकलेट खाँदा मुटु स्वस्थ रहन्छ । शोधको रिपोर्ट अनुसार डार्क चकलेटको सेवनले सेतो रक्त कोशिका रक्त नलीमा टाँस्सिनबाट रोक्छ ।

हार्ट जर्नलमा प्रकाशित एक अर्को शोधका अनुसार दैनिक डार्क चकलेट खाँदा मुटुरोग र स्ट्रोकको खतरा कम हुन्छ ।

४. बोसो घटाउन सहयोगीः

शोधकर्ताका अनुसार डार्क चकलेट खाँदा लामो समयसम्म भोक लागेको महसुस हुँदैन । यसमा भरपुर मात्रामा मोनो स्याचुरेटेड फ्याटी एसिड पाइन्छ जसले मेटाबोलिजमलाई बलियो बनाएर फ्याट बर्न गर्छ । अर्को एउटा शोधमा बताइए अनुसार खाना खाएपछि डेजर्टको रुपमा डार्क चकलेट खाँदा तौल नियन्त्रणमा रहन्छ ।

५. दिमागको क्रियाकलाप राख्छ दुरुस्तः

डार्क चकलेट खाँदा स्मरण शक्ति तेज हुन्छ । सन् २०१२ मा युनिभर्सिटी अफ नटिङ्घमदुवारा गरिएको शोधमा बताइए अनुसार डार्क चकलेटको सेवनले दिमागमा केही घण्टाका लागि रक्तसञ्चार उत्कृष्ट हुन्छ, यसले तपाईंको कार्य क्षमता र स्मरण शक्ति बढाउँछ ।

सन् २०१३ मा न्यूरोलोजी जर्नलमा प्रकाशित शोधका अनुसार डार्क चकलेट खाँदा स्मरण शक्ति ३० प्रतिशतसम्म बढ्ने गर्छ ।

यो पनि पढ्नुहोस् : गुलियो चिनीको तितो बेफाइदा, चिनीका १० बेफाइदा

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।