साइप्रस न्युज

साइप्रस लकडाउन गरेर खोप अभियानलाई तीव्रता दिनु पर्ने महामारीविज्ञको सुझाव

शेयर गर्नुहोस्

समिम मियाँ

१४ जुलाई २०२१/लिमासोल

कोरोना भाइरसको महामारी सुरु भए देखि यता कै सबै भन्दा धेरै कोभिड-१९ का बिरामी फेला परे पछि नव स्वास्थ्य मंत्री मिखालिस हाड्जीपेनतालिस ले वैज्ञानिक र महामारी विशेषज्ञको टीम  संग आज छलफल गर्नु भएको छ।

मंगलबार हाल सम्म कै उच्च  १,०८१ जनामा कोरोना पोजेटिभ पाइएको थियो। वैज्ञानिक र महामारी विशेषज्ञको टीमले कोरोना महामारीको अवस्था बारे ‘ब्रिफिंग’ गर्दै संक्रमण रोक्न  अपनाउनु पर्ने उपाय बारे बताएको थियो।

आजको लागि मन्त्रीपरिषदको बैठक बोलाइए पनि यसलाई स्थगित गर्दै शुक्रबारको लागि पुन: बैठक बोलाइएको छ। मन्त्रीपरिषदको बैठकमा महामारीलाई अझ प्रभावकारी ढंगले रोक्न सकिने बारे र सम्भावित निषेधाज्ञा बारे पनि छलफल हुने छ।

बुधबार मिडिया संग कुरा गर्दै महामारी विशेषज्ञ मिखालिस भोन्याटिसले फेरी लकडाउन हुने सम्भावना तर्फ संकेत गर्नु भयो। लकडाउन गरेर दैनिक नयाँ संक्रमणलाई कम गर्न सकिए पनि अहिले जनसंख्याको ठुलो हिस्सामा खोप लगाउनु  पर्ने उहाँको तर्क थियो।

लकडाउन गरेर बन्द गर्ने  केहि समय पछी खोलेर यो समस्या हल नहुने बताउदै लकडाउन गरेर  तिव्र रुपमा  साथ खोप अभियान चलाए मात्र प्रभावकारी हुने बताउनु भयो।

“यदि हामीले खोप लिन जारी राखेनौ भने गतिविधी पुन: बढ्छ र संक्रमण पनि संगै वृद्धि हुन्छ।” उहाँले भन्नु भयो।

भोन्याटिस को रायमा संक्रमण कम गर्न साइप्रस को जनसंख्याको कम्तिमा ८० देखि ८५ प्रतिशत ले खोप लगाउनु पर्ने हुन्छ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार सम्म ६७.५ प्रतिशत जनसंख्याले पहिलो डोज को खोप  छन् भने ५७.५ प्रतिशत जनसंख्याले पुर्ण   खोप लगाई सकेका छन्।

यो गर्मियाममा थप २० % जनसंख्यालाई खोप लगाउन सफल भए जाडोयाम मा हुने संक्रमण लाइ न्यूनीकरण गर्न सकिने महामारी विशेषज्ञ मिखालिस भोन्याटिसको दावी छ।

हस्पिटलमा भर्ना भएका बिरामी को संख्यामा धेरै युवा रहेको र आइसीयु मा बस्नु पर्ने  देखिएको वृद्धि प्रति चिन्ता व्यक्त गर्दै विशेषज्ञ भोन्याटिसले यो महामारीको झन्झट बाट बच्न , आफु, आफ्नाका लागि र सबैका लागि खोप अभियान मा सहभागी हुनु पर्ने बताए।

कोरोना को डेल्टा भेरिएण्ट का कारण संक्रमण बढेको अनुमान गरीए पनि व्याक्तिगत लापरवाही र स्वास्थ्य मापदण्ड पालना नगरिदा संक्रमण बढेको भेटिएको छ।

अगस्त १ देखि निशुल्क कोरोना टेस्ट बन्द गरिने बताइएको छ।

यो समाचार पनि पढ्नुहोस् : साइप्रस एकै दिनमा 1,081 पुग्यो कोरोनाको संक्रमण, लकडाउन हुने बारे शुक्रबार निर्णय हुने

 

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।