साइप्रस न्युज

आज तापक्रम ४१ डिग्री पुग्ने, Yellow Warning जारी

शेयर गर्नुहोस्
समिम मियाँ
१५  जुलाई २०२१/लिमासोल

साइप्रसमा  केहि दिन देखि लगातार गर्मि बढि रहेको छ ।  साइप्रस मौसम विभागले  आज पनि तापक्रम अझै बढ्ने  पुर्वानुमान गर्दै  सतर्कता अपनाउन  भनेको छ।

मौसम विभागले तापक्रम अनुसार सतर्कता संकेत , एल्लो ,ओरेन्ज, रेड  गरि वर्गीकरण गरेको छ। ३ दिन सम्म लगातार तापक्रम उच्च रही रहे त्यसलाई ‘हिट वेभ ‘ भन्ने गरिएको छ।

मौसम विभागले ‘हिट वेभ ‘ का कारण आज पनि तापक्रम  ४१  डिग्री सेल्सियस  सम्म पुग्ने अनुमान गर्दै सतर्कता संकेत एल्लो जारी गरेको छ।

बिहिबार  दिउँसो १ बजे देखि ५ बजे सम्म को लागि सतर्कता अपनाउन भनिएको हो।

शुक्रबार, शनिवार र आइतबार मौसम सफा रहने  अनुमान छ।  यता , उत्तरी समुन्द्र तटीय इलाकामा भने तापक्रम ३६ डिग्री सेल्सियस र बाँकी सबै समुन्द्र तटीय इलाकामा भने तापक्रम ३४ डिग्री सेल्सियस पुग्ने छ।   पहाडी इलाकामा पनि तापक्रम ३३ डिग्री सेल्सियस सम्म पुग्ने मौसम विभागले जनाएको  छ।

हिजो दिउँसो  निकोसिया को तापक्रम ४२ , लिमासोल ३२ , लार्नाका एयरपोर्ट ३५ , पापोस  एयरपोर्ट ३१ डिग्री सेल्सियस पुगेको थियो। सापेक्षित आद्रता  (ह्युमिडीटि ) भने निकोसियामा १८ % र पापोस एयरपोर्ट मा ६९ % रेकर्ड गरिएको थियो।

बिरामी , बालबालिका र वृद्धलाई अत्यावस्यक काम बिना घर बाहिर नजान अनुरोध गरिएको छ।

यो समाचार पनि पढ्नुहोस् :

साइप्रसमा रिलिज लिनको लागि इम्प्लोयरलाइ दिने 30 Days Notice Period लेटर कसरी लेख्ने ?

शरीरमा पानी कम हुँदा देखापर्ने ११ लक्षणहरू

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।