स्वास्थ्य

तुलसीको ५ पातले बदल्छ सक्छ तपाईंको भाग्य

शेयर गर्नुहोस्

अधिकाशं हिन्दुको घरमा तुलसीको बोट हुने गर्दछ । तुलसीलाई हरेक शुभ कार्यमा समावेश गरिन्छ । तुलसीको पात भगवान विष्णुका लागी अति प्रिय मानिन्छ ।

यहि तुलसीको पातले मानिसलाई स्वास्थ्यमा समेत लाभ पुर्‍याउँछ ।

यस अलावा धार्मीक मान्यता अनुसार तुलसीको पातको प्रयोगले धनको समस्या वा घरमा हुने नकारात्मक शक्ति नाश गर्न उपयोगी मानिन्छ । यसका लागि केवल तुलसीको ५ पात आवश्यक हुन्छ ।

१. यदि तपाईलाई घरमा नकारात्मक शक्तिको महशुस भएमा बेलुकी सुत्नुअघि सिरानी मुनी तुलसीको ५ वटा पात राखेमा त्यस प्रकारको शक्ति नाश हुने धार्मीक मान्यता छ ।

२. जुन दम्पतीको वैवाहिक जीवन राम्रो बनिरहेको छैन अथवा एकअर्कासँग झगडा गरिरहेका हुन्छन् त्यस्तो अवस्थामा पनि तुलसीको ५ वटा पात उपयोगी हुन्छ । दुबै दम्पतीले तुलसीको ५ वटा पात आफ्नो साथ राखेमा दाम्पत्य जीवनमा मधुरता छाउनेछ ।

३. तुलसीको ५ वटा पातलाई रातो कागजमा बेरेर पूजा स्थलमा राखी नियमित यसको पुजा गर्नुहोस् । तपाइले राखेको तुलसीको पातलाई हरेक दिन बदल्नुहोस् । सुकेका पातलाई जलमा प्रवाहित गर्नुहोस् । लगातार २१ दिनसम्म यसो गर्नु पर्दछ । ती पातलाई आफ्नो मनको इच्छा बताउनुहोस् । यसो गरेमा केहि दिनमै तपाई फरक पाउनु हुनेछ । यसो गर्दा तपाईको भविष्य चम्किने धार्मीक मान्यता रहेको छ ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।