महत्वपूर्ण जानकारी

साइप्रसमा आज देखि “वाक इन ” भ्याक्सिनेशन क्लिनिक संचालन मा

शेयर गर्नुहोस्
समिम मियाँ
१५ जुलाई २०२१/लिमासोल

आज बाट संचालन मा आएको “वाक इन ” भ्याक्सिनेशन क्लिनिक मा नागरिक को उत्साहजनक सहभागिता सोचे भन्दा धेरै भएको स्वास्थ्य मंत्री मिखालिस हाड्जिपेन्तेलस ले बताउनु भएको छ।

‘” वाक इन’ क्लिनिक को पहिलो दिन नागरिक को सकारात्मक प्रतिक्रिया थियो, यो हाम्रो अपेक्षा भन्दा धेरै थियो, यसले भविष्यका दिनमा राम्रो हुने  आशा जगाएको छ।  ”  स्वास्थ्य मंत्री द्वारा जारी विज्ञप्तिमा भनिएको छ।

सरकारले आज देखि  भ्याक्सिन पोर्टल मा अपोइन्मेन्त नलिएका व्याक्तिका लागि सिधै भ्याक्सिन सेन्टर मा गएर खोप लगाउन सकिने गरि व्यवस्था मिलाई वाक इन भ्याक्सिन क्लिनिक संचालन मा ल्याएको हो। खोप नलगाएका ब्याक्ति सम्म भ्याक्सिन सहज पहुँच बनाउन यस्तो व्यवस्था गरिएको हो।

अहिले का लागी GHS ( ग्रीक मा GESY ) जेनेरल हेल्थकेयर  सर्भिस मा दर्ता भएका व्याक्ति ले मात्र भ्याक्सिन क्लिनिक मा कुनै अपोइण्ट्मेन्ट बिना सिधै गएर खोप लिन सक्ने छन्।

तर केहि समय पश्चात GHS ( ग्रीक मा GESY ) मा दर्ता नभएका व्याक्ति ले पनि सिधै गएर खोप लिन सक्ने  गरि व्यवस्था मिलाउन गृहकार्य भै रहेको बताइएको छ।

यसका लागि सरकारले सबै जिल्लामा भ्याक्सिन क्लिनिक संचालमा ल्याएको छ , निकट भविष्यमा नै हाल संचालन मा रहेको सबै भ्याक्सिन सेन्टर मा पनि यो सुविधा उपलब्ध हुने छ।

वाक इन भ्याक्सिन क्लिनिक मा अहिले फ़ाइजर को मात्र खोप लगाइरहेको छ। निम्न स्थानमा सोमबार देखि शुक्रबार सम्म बिहान ८ देखि दिउँसो १ बजे सम्म  मात्र वाक इन भ्याक्सिन क्लिनिक मा खोप लगाइने बताइएको छ।

निकोसिया मा लात्सिया हेल्थ सेन्टर, लिमासोल मा लिनोपेत्रा हेल्थ सेन्टर, लार्नाकामा लार्नाका पोर्ट, पापोस मा पापोस जेनेरल हस्पिटल, आमोकोस्तोस मा आमोकोस्तोस जेनेरल हस्पिटल मा यो सेवा उपलब्ध भएको छ।

भ्याक्सिनेशन पोर्टल बाट अपोइनमेन्ट लिएका ब्याक्तिका लागि यो सेवा ले अबरोध नपर्ने भएकोले आफ्नो समय मै गएर खोप लगाउन सकिने छ।

यो सेवा मा पहिला जाने ले पहिला पाउने नीति अपनाइएको छ भने पहिलो डोज लगाउन जानेलाई प्राथमिकतामा राखिएको छ।

क इन भ्याक्सिन क्लिनिकको मद्दत ल खोप अभियान मा थप सहयोग पुग्ने आसा गरिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज लिमासोल मा १५०,पापोस र लार्नाका  मा १०१ साथै निकोसिया र फामागुस्तामा १०० जनाले  ले भ्याक्सिन लगाए।

यो समाचार पनि पढ्नुहोस : साइप्रसमा महामारी सुरु भए देखिकै उच्चमा कोरोना , १ को मृत्यु, आज 1,120 मा कोरोना पुष्टी

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “साइप्रसमा आज देखि “वाक इन ” भ्याक्सिनेशन क्लिनिक संचालन मा

Comments are closed.