साइप्रस न्युज

साइप्रसमा लकडाउन नहुने तर सेफ पास कडाइका साथ लागु हुने

शेयर गर्नुहोस्
समिम मियाँ 
१६ जुलाई २०२१/लिमासोल 

कोरोना भाइरस संक्रमणले  दिनहुँ नयाँ रेकर्ड बनाउन थाले पछि साइप्रस सरकारले सेफ पास सम्बन्धी नियमलाई कडा पर्ने भएको छ।  जुलाई २० तारिख देखि  ३१ तारिख सम्म  २० जना जम्मा हुने इन्डोर/ आउटडोर सबै स्थानमा सेफ पास अनिवार्य चाहिने भएको हो।

मंत्री परिषदको निर्णयलाई सार्वजनिक गर्दै स्वास्थ्य मंत्री मिखालिस हाड्जिपेंतालिस ले यो नियम बैंक, सार्वजनिक यातायात,  सार्वजनिक  र अर्ध सरकारी बिल्डिंग मा जान पनि सेफ पास चाहिने बताउनु भयो।

अब जुलाई २० देखि बैंक जादा होस् या बस चढ्दा सेफ पास अनिवार्य चाहिने भएको हो।

के हो सेफ पास ?

कोरोना भ्याक्सिन को कम्तिमा पहिलो डोज वा दोस्रो डोज लिएको सर्टिफिकेट वा कोभिड टेस्ट गरेको ७२ घण्टा नपुगेको  नेगेटिभ रिपोर्ट वा  गत ६ महिनामा कोरोना संक्रमित भएको प्रमाणलाइ सेफपास भनिएको हो।

हाल यो नियम होटल रेस्टुरेन्ट लगायत आतिथ्य सत्कार क्षेत्रमा लागु नै छ।

केयर होम मा जान पनि अब सेफ पास अनिवार्य गरिएको छ।  त्यस्तै, रेस्टुरेन्ट, बार, डान्स क्लब मा डान्स गर्न प्रतिबन्ध लगाइएको छ भने बढीमा १० जना प्रति  टेबल  सेवा को लागि उपलब्ध गराउन भनिएको छ जहाँ ग्राहक आफ्नो कुर्सि मा मात्र बस्न पाउनेछन्।

पचील्लो पटक कोरोना संक्रमण बढ्दा लकडाउन लगाउएको थियो तर यस पटक भने देशको जनस्वास्थ्य प्रणाली संगै व्यापारीको बिजनेश  बचाउन भने पनि खोप लाई प्राथमिकता राखिएको हो।

लकडाउनको बिकल्प खोप मात्र भएको ले जुन सुकै ब्याक्ति ले कोरोना बाट बच्न खोप लगाउनै पर्ने गरि सेफ पास लाई कडाइ का साथ लागु गरिएको हो।

साइप्रसमा अहिले ५७.४% जनसंख्याले पुर्ण खोप लिई सकेका छन् भंने ६६% बढी ले एक डोज को खोप लगाई सकेका छन्।

गेसी मा दर्ता भएका व्याक्तिका लागि बिहिबार देखि “वाक इन ” भ्याक्सिन क्लिनिक संचालन मा आएको छ।  भ्याक्सिन पोर्टल मा अपोइण्टमेन्ट बिना सिधै “वाक इन ” क्लिनिक मा गएर खोप लगाउन सक्नेछन।

केहि समय पछि नै गेसी मा दर्ता नभएका ब्याक्तिका लागि पनि “वाक इन ” क्लिनिक खुल्ला गरिने बताइएको छ।

“वाक इन ” क्लिनिक मा जनताको उत्साहपूर्ण सहभागिता देखेर स्वास्थ्य मंत्रीले खुसि हुँदै देश भरि नै “वाक इन ” क्लिनिक खुलाउने मंत्री ले बताए।

हिजो एकै दिन मा ११५२ मा कोरोना देखिएको थियो। सरकारले युवा वर्गमा खोप लगाउन आउन अनुरोध गरेको छ।

यो समाचार पनि पढ्नुहोस् :  झन् बड्दै कोरोना, हिजो 1152 मा संक्रमण पुष्ठि

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।