साइप्रस न्युज

शुक्रबार केहि घट्यो संक्रमण, ९५३ मा कोरोना पुष्टी एक को मृत्यु

शेयर गर्नुहोस्
समिम मियाँ
१७ जुलाई २०२१/लिमासोल

लगातार ३ दिन देखि एक हजार नाघेको कोरोना संक्रमण शुक्रबार भने केहि घटेको छ।  शुक्रबार दिन भरि को टेस्ट मा ९५३ मा संक्रमण पुष्टी भएको छ भने १ को मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै पोजेटिभिटि रेट पनि केहि घटेर १.३१ % पुगेको छ।

मृत्यु हुनेमा ९० वर्षिया बृद्धा रहेकी छन् उनको फामागुस्ता हस्पिटल मा मृत्यु भएको हो।  हाल सम्म कोरोना का कारण ३८४ जनाको मृत्यु भै सकेको छ।

कोभिड को संक्रमण मा उल्लेखनीय वृद्धि भए पछी हस्पिटल भर्ना हुने कोभिड बिरामी को संख्या पनि बढेको छ  अधिकांस बिरामी हरु ४० वर्ष मुनिका रहेका छन्।  अहिले देश भरिका कोभिड वार्ड मा १९० जना भर्नारत छन् जसमध्य ४४ को अवस्था  गम्भिर रहेको छ।

अस्पताल भर्ना हुने मा करिब ९० % बिरामी हरु ले भ्याक्सिन लगाएका छैनन्।

शुक्रबार दिन भरि ७३,०११ टेस्ट गरिएको मध्य ८२६० पिसिआर टेस्ट र बाकि एण्टिजेन र्यापिड टेस्ट गरिएको थियो। जसबाट ९५३ जनामा संक्रमण पुस्टि भए संगै हाल सम्म को कोरोना संक्रमित को संख्या ८९,४१० पुगेको छ।

यो पनि पढ्नुहोस : साइप्रसमा लकडाउन नहुने तर सेफ पास कडाइका साथ लागु हुने

कन्ट्याक्ट ट्रेसिंगमा परेका ९४५  जना मध्य ८३  जना , पापोस र लार्नाका एयरपोर्ट बाट २९०३   जना मध्य १३ जना, व्यक्तिगत रुपमा चेक गराउने ४०१२   जना मध्य १३१  जना, जनस्वास्थ्य ल्याब बाट २८६   जना मध्य १२ जनामा कोरोना पोजेटिभ देखिएको हो। ब्याक्तिगत डाक्टर को सिफारिस मा गरिएको टेस्ट बाट २ जनामा पनि कोभिड पोजेटिभ देखिएको थियो।

प्राइभेट ल्याब र फार्मेसीमा गराइएका १९९७  जना मध्य ६२  जना र सरकारी नि:शुल्क र्यापिड टेस्ट कार्यक्रम अन्तर्गत ६२७५४ टेस्ट मध्य ६५० जना मा कोरोना पुस्टी भएको हो।

देश भरका विभिन्न जिल्ला मा गरिएको सरकारी नि:शुल्क र्यापिड टेस्ट कार्यक्रम अन्तर्गत भेटिएका मध्य निकोसियामा 0.88 %, लार्नकामा 1.29% , लिमासोलामा 1.22%, पापोसमा 0.79% , फामागुस्तामा 1.25% पोजेटिभिटि रेट देखिएको छ।

जिल्ला अनुसार धेरै संक्रमण लार्नाका मा रहेको देखिएको छ।

कहाँ कहाँ जान चाहिन्छ सेफ पास ? के हो यो सेफ पास भनेको ?

आगामी मंगलबार देखि जुलाई को अन्तिम सम्म २० जना भन्दा बढी जम्मा हुने स्थान मा सेफ पास अनिवार्य गरिएको छ। शुक्रबार स्वास्थ्य मन्त्रालयले कहाँ कहाँ जान चाहिन्छ सेफ पास भनेर जानकारी दिएको छ।

के हो यो सेफ पास भनेको ?
कोरोना भ्याक्सिन को कम्तिमा पहिलो डोज वा दोस्रो डोज लिएको सर्टिफिकेट लाई सेफपास भनिएको छ। साथै कोभिड टेस्ट गरेको ७२ घण्टा नपुगेको नेगेटिभ रिपोर्टलाई पनि सेफ पास को रुपमा मान्यता दिएको छ।

गत ६ महिनामा कोरोना संक्रमित भएको प्रमाणलाइ सेफपास भनिएको हो। साथै, युरोपियन युनियन ले जारी गरेको डिजिटल सर्टिफिकेट ले पनि सेफ पास को रुपमा काम गर्नेछ।

कहाँ कहाँ जान चाहिन्छ सेफ पास ?
बाह्र वर्ष भन्दा माथिका व्याक्तिले २० जना भन्दा बढी जम्मा हुने इन्डोर वा आउटडोर स्थान मा सेफ पास चाहिने भएको छ। व्यवसाय वा पसल मा स्टाफ सहित २० जना भन्दा बढी हुने भएमा सो स्थानमा जान सेफ पास आवश्यक पर्ने छ।

यदि तपाइँ सुपरमार्केट जादै हुनु हुन्छ जहाँ २० जना भन्दा बढी अट्ने क्षमता छ भने त्यहाँ सेफ पास आवस्यक पर्ने बताइएको छ।

अधिकांस पसल, स्टोर वा बिल्डिंग मा जाँदा एक पटक मा यति जना मात्र भनि लेखिएको हुन्छ त्यो संख्या २० भन्दा माथि भए सेफ पास अनिवार्य छ।

तर समुन्द्र किनार, पार्क , ड्याम , प्राकृतिक ट्रेल जस्ता क्षेत्रमा जाँदा भने सेफ पास चाहिंदैन।

तर खुद्रा व्यापारी, रेस्टुरेन्ट वा व्यवसायले प्रवेश द्वारमा सेफ पास आवश्यक छ कि छैन स्पस्ट रुपमा लेखेर टास्नु पर्ने भनिएको छ।

अब देखि सार्वजनिक यातायात यानी लोकल या इन्टरसिटि बस वा ट्याक्सी चड्दा पनि सेफ पास अनिवार्य गरिएको हो। ट्युसन सेन्टर, सामाजिक कार्य र गर्मियामका स्कुल मा पनि सेफ पास अनिवार्य रहेको छ।

बेकरी सुपरमार्केट वा मिनी मार्केट जाँदा पनि स्टाफ सहित २० जना भन्दा बढी हुना साथ सेफ पास चाहिने बताइएको छ। यदि कुनै ग्राहक ले सेफ पास देखाउन मनाही गरे वा सो स्थान बाट निस्किन नमानेमा म्यानेजर वा मालिक ले प्रहरी लाई बोलाउन सक्ने बताइएको छ।

क्याट्रिङ्ग सर्भिस, नाइट क्लब, पार्टी प्यालेस, डिस्को ले पनि एक टेबुल मा बस्ने १० जना सम लाइ मात्र सेवा दिन सक्नेछन तर नाँच्न भने प्रतिबन्ध लगाइएको छ। तर भ्याक्सिन लागेका ब्याक्ति ले आयोजना गरेको खंदामा भने नाच्न अनुमति पाइने भनिएको छ।

यो पनि पढ्नुहोस : साइप्रस बाट माछापुछ्रे बैंक मा खाता यसरी खोल्नुस्। STEP BY STEP PROCESS

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।