साइप्रस न्युज

आज शनिवार पनि तापक्रम ४० डिग्री पुग्ने, Yellow warning जारी

शेयर गर्नुहोस्
समिम मियाँ
१७  जुलाई २०२१/लिमासोल

साइप्रसमा पनि गत हप्ता देखि लगातार गर्मि बढी रहेको छ ।  साइप्रस मौसम विभागका अनुसार तापक्रम अझै बढ्ने  पुर्वानुमान गर्दै  सतर्कता अपनाउन  भनेको छ।

मौसम विभागले तापक्रम अनुसार सतर्कता संकेत , एल्लो ,ओरेन्ज, रेड  गरि वर्गीकरण गरेको छ। ३ दिन सम्म लगातार तापक्रम उच्च रही रहे त्यसलाई ‘हिट वेभ ‘ भन्ने गरिएको छ।

मौसम विभागले आज लगातार ७ औ दिन  पनि तापक्रम  ४० डिग्री सेल्सियस  सम्म पुग्ने अनुमान गर्दै सतर्कता संकेत एल्लो जारी गरेको छ। अधिकतम तापक्रम ४० र ट्रोडोस पहाड इलाकामा तापक्रम ३२ डिग्री सेल्सियस सम्म पुग्ने छ।

शनिवार  दिउँसो १२  बजे देखि ४ बजे सम्म को लागि सतर्कता अपनाउन भनिएको हो।

आइतबार, सोमबार र मंगलबार भने क्रमस तापक्रम कम हुदै जाने मौसम विभाग ले बताएको छ।

हिजो दिउसो निकोसिया को तापक्रम ४१ , लिमासोल ३८ , लार्नाका ३७ , पापोस ३१ पुगेको थियो।

बिरामी , बालबालिका र वृद्धलाई अत्यावस्यक काम बिना घर बाहिर नजान अनुरोध गरिएको छ।

यो समाचार पनि पढ्नुहोस् : कहाँ कहाँ जान चाहिन्छ सेफ पास ? के हो यो सेफ पास भनेको ?

आगामी मंगलबार देखि जुलाई को अन्तिम सम्म २० जना भन्दा बढी जम्मा हुने स्थान मा सेफ पास अनिवार्य गरिएको छ।  शुक्रबार स्वास्थ्य मन्त्रालयले कहाँ कहाँ जान चाहिन्छ सेफ पास भनेर जानकारी दिएको छ।

के हो यो सेफ पास भनेको  ?

कोरोना भ्याक्सिन को कम्तिमा पहिलो डोज वा दोस्रो डोज लिएको सर्टिफिकेट लाई सेफपास भनिएको छ।  साथै कोभिड टेस्ट गरेको ७२ घण्टा नपुगेको नेगेटिभ रिपोर्टलाई पनि सेफ पास को रुपमा मान्यता दिएको छ।  गत ६ महिनामा कोरोना संक्रमित भएको प्रमाणलाइ सेफपास भनिएको हो। साथै, युरोपियन युनियन ले जारी गरेको डिजिटल सर्टिफिकेट ले पनि सेफ पास को रुपमा काम गर्नेछ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।