प्रविधी

फेसबुक, ह्वाट्एप, भाइबर, टेलिग्राम लगायत एपले तपाइका के-के व्यक्तिगत सूचना लिन्छन ?

शेयर गर्नुहोस्

फेसबुक, ह्वाट्एप, भाइबर, टेलिग्राम लगायतका इन्स्ट्यान्ट म्यासेजिङ एपहरु हाम्रो दैनिक जीवनकाअभिन्न अंग भइसके ।

यी एपहरु हाम्रो मोबाइलमा इन्स्टल गरेपछि हाम्रा के कस्ता सूचना र जानकारीहरु एपले सुटुक्क लिइरहेका हुन्छन भन्नेबारे हामी धेरैजसो अनविज्ञ नै हुन्छौं ।

एप इन्स्टल गर्नेबेला स्वीकार्न लगाइने प्रयोगका सर्तहरु अधिकांश प्रयोगकर्ताले पढ्दैनन् ।

जसका कारण आफ्ना कुन कुन ब्यक्तिगत सूचना ती एपहरुले संकलन गरेका हुन्छन र त्यस्ता सूचना तेस्रो पक्षलाई बिक्रि हुन्छन वाहुँदैनन् भन्ने बिषयमा जानकार हुँदैनन् ।

हालै ह्वाट्सएपले गरेको नीतिगत संसोधनसँगै प्रयोगकर्ताका सूचनाको संकलन र बिक्रिमा आम प्रयोगकर्ताको चासो बढेको छ । ह्वाटसएपको नयाँनीति पढेपछि थाहा हुन्छ कि यो एपले तपाइ हाम्रा निकै धेरै सूचनाहरु संकलन गर्ने रहेछ ।

फेसबुक म्यासेन्जर, ह्वाट्सएप जस्ता म्यासेजिङ एपहरुले प्रयोगकर्ताका निजी सूचना संकलन गरेको खुलेपछि सिग्नल लगायतका एपहरुको प्रयोग बढ्न थालेको छ जसले निकै कममात्र प्रयोगकर्ताका सूचना लिन्छन् ।

एप स्टोरमा उपलब्ध सूचनाहरुको बिश्लेषण गर्दा प्रयोगकर्ताका निजी सूचना संकलनमा ह्वाट्सएप सवैभन्दा अगाडी देखिएको छ ।

त्यसपछि फेसबुक म्यासेन्जर छ । सिग्नल एपले प्रयोगकर्ताको मोबाइलनम्बर बाहेक कुनै पनि सूचनालिने नगरेको पाइएकोछ ।

एपहरुले कुन कुन विवरण  संकलन गर्छन भन्ने कुरा तीएपको गोपनीयता सम्बन्धी नीतिमाउल्लेख गरिएको हुन्छ तर निकै लामालामा यस्ता नीतिलाई अधिकांश प्रयोगकर्ताले पढ्दै नपढी एसेप्ट गरिदिन्छन ।

यहाँ फेसबुक म्यासेन्जर, ह्वाट्सएप, भाइबर र टेलिग्रामले तपाइँको के के व्यक्तिगत विवरणहरु लिइरहेका छन् भन्ने जानकारी दिइएको छ.

ह्वाट्सएपले तपाइका यी विवरण  संकलन गर्छ

  • डिभाइस आईडी
  • प्रयोगकर्ताको आईडी
  • एडभर्जाइजिङ डेटा
  • पर्चेज हिस्ट्री
  • लोकेसन
  • फोन नम्बर
  • इमेल
  • कन्ट्क्याक्टमा सेभ गरिएकाफोन नम्बरहरु
  • भुक्तानीको विवरण
  • क्र्यास डेटा
  • ग्राहक सेवा
  • प्रयोगकर्ताले प्रयोग गरेको अन्य जानकारी

फेसबुक म्यासेन्जरले तपाइको मोबाइलबाट यी विवरण  संकलन गर्छ

  • किनमेलको इतिहास
  • अन्य वित्तिय विवरण
  • लोकेसन
  • ठेगाना
  • इमेल
  • नाम
  • फोन नम्बर
  • कन्ट्याक्टमा सेभ गरिएकाअन्य प्रयोगकर्ताका विवरण
  • फोटो वा भिडियोहरु
  • गेमहरुको विवरण
  • प्रयोगकर्ताकाअन्य विवरण
  • खोजीको इतिहास
  • ब्राउजिङ हिस्टि्र
  • युजर आईडी
  • डिभाइस आईडी
  • एड्भार्टाइजिङ डेटा
  • प्रयोग गरिएको अन्य डेटा
  • क्र्यास डेटा
  • स्वास्थ्य
  • फिटनेस
  • भुक्तानीको विवरण
  • अडियो डेटा
  • गेम एपहरुको विवरण
  • आइम्यासेज
  • फोन नम्बर सर्च हिस्टि्र
  • डिभाइस आइडी

टेलिग्राम

  • कन्ट्याक्ट विवरण
  • व्यक्तिगतविवरण
  • युजर आईडी

सिग्नल

सिग्नलएपले तपाइका कुनै पनि ब्यक्तिगत विवरण हरु लिँदैन । उसले लिने भनेकै तपाइको फोन नम्बर मात्र हो, तर त्यसलाई तपाइको पहिचानका रुपमा स्टोर गर्दैन ।

यहीकारण पछिल्ला दिन मागो पनियतामा संवेदनशील प्रयोगकर्ताहरुले ह्वाट्सएप छाड्दै सिग्नलएपप्रयोग गर्न थालेका छन् ।

भाइबर

भाइबरले पनि तपाइको मोबाइलको डिभाइस आइडी, लोकेशन, फोन नम्बर, युजर आईडी, इमेल आईडी, नाम र मोबाइलमा सेभ गरिएकाफोन नम्बरहरु तपाइको मोबाइलबाट तानेर सर्भरमा सेभ गरेको हुन्छ ।

यस्ता डाटाहरु बिभिन्न बिज्ञापनदातालाई दिई सोहीअनुसार तपाइको भाइबर एपमा बिज्ञापन देखाउने गर्छ ।

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *