साइप्रस न्युज

शनिवार ९२८ मा कोरोना पुष्टी, मंगलबार देखि सेफ पास लागु हुने

शेयर गर्नुहोस्
समिम मियाँ
१८  जुलाई २०२१/लिमासोल

केहि दिन  देखि लगातार एक हजार नाघेको कोरोना संक्रमण शुक्रबार कम हुदै गएको मा शनिवार  पनि ओरालो लागेको  छ।  शनिवार  दिन भरि को टेस्ट मा ९२८  मा संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै पोजेटिभिटि रेट पनि केहि घटेर १.२७ % पुगेको छ।

शनिवार  दिन भरि ७२,८७४  टेस्ट गरिएको मध्य  ७०३२  पिसिआर टेस्ट र बाकि एण्टिजेन र्यापिड टेस्ट गरिएको थियो। जसबाट ९२८ जनामा संक्रमण पुस्टि भए संगै हाल सम्म को कोरोना संक्रमित को संख्या ९०,३३८  पुगेको छ।

यो पनि पढ्नुहोस : साइप्रसमा लकडाउन नहुने तर सेफ पास कडाइका साथ लागु हुने

पापोस र लार्नाका एयरपोर्ट बाट १२  जना, व्यक्तिगत रुपमा चेक गराउने ४१५९ जना मध्य २१८ जनामा कोरोना पोजेटिभ देखिएको हो।

प्राइभेट ल्याब र फार्मेसीमा गराइएका ३४३५   जना मध्य ७५  जना र सरकारी नि:शुल्क र्यापिड टेस्ट कार्यक्रम अन्तर्गत  ६०७  जना मा कोरोना पुस्टी भएको हो।

कोभिड को संक्रमण मा उल्लेखनीय वृद्धि भए पछी हस्पिटल भर्ना हुने कोभिड बिरामी को संख्या पनि बढेको छ  अधिकांस बिरामी हरु ४०   वर्ष मुनिका रहेका छन्।  अहिले देश भरिका कोभिड वार्ड मा २०३  जना भर्नारत छन् जसमध्य ५४  को अवस्था  गम्भिर रहेको छ।

अस्पताल भर्ना हुने मा करिब ९०.२  % बिरामी हरु ले भ्याक्सिन लगाएका छैनन्।

देश भरका विभिन्न जिल्ला मा गरिएको सरकारी नि:शुल्क र्यापिड टेस्ट कार्यक्रम अन्तर्गत भेटिएका मध्य निकोसियामा १८० लार्नकामा १०१  , लिमासोलामा १८२ , पापोसमा ७९  , फामागुस्तामा ६३ जनामा   कोभिड पोजेटिभ देखिएको हो ।

जिल्ला अनुसार धेरै संक्रमण लिमासोल  मा रहेको देखिएको छ।

कहाँ कहाँ जान चाहिन्छ सेफ पास ? के हो यो सेफ पास भनेको ?

आगामी मंगलबार देखि जुलाई को अन्तिम सम्म २० जना भन्दा बढी जम्मा हुने स्थान मा सेफ पास अनिवार्य गरिएको छ। शुक्रबार स्वास्थ्य मन्त्रालयले कहाँ कहाँ जान चाहिन्छ सेफ पास भनेर जानकारी दिएको छ।

के हो यो सेफ पास भनेको ?
कोरोना भ्याक्सिन को कम्तिमा पहिलो डोज वा दोस्रो डोज लिएको सर्टिफिकेट लाई सेफपास भनिएको छ। साथै कोभिड टेस्ट गरेको ७२ घण्टा नपुगेको नेगेटिभ रिपोर्टलाई पनि सेफ पास को रुपमा मान्यता दिएको छ।

गत ६ महिनामा कोरोना संक्रमित भएको प्रमाणलाइ सेफपास भनिएको हो। साथै, युरोपियन युनियन ले जारी गरेको डिजिटल सर्टिफिकेट ले पनि सेफ पास को रुपमा काम गर्नेछ।

कहाँ कहाँ जान चाहिन्छ सेफ पास ?
बाह्र वर्ष भन्दा माथिका व्याक्तिले २० जना भन्दा बढी जम्मा हुने इन्डोर वा आउटडोर स्थान मा सेफ पास चाहिने भएको छ। व्यवसाय वा पसल मा स्टाफ सहित २० जना भन्दा बढी हुने भएमा सो स्थानमा जान सेफ पास आवश्यक पर्ने छ।

यदि तपाइँ सुपरमार्केट जादै हुनु हुन्छ जहाँ २० जना भन्दा बढी अट्ने क्षमता छ भने त्यहाँ सेफ पास आवस्यक पर्ने बताइएको छ।

अधिकांस पसल, स्टोर वा बिल्डिंग मा जाँदा एक पटक मा यति जना मात्र भनि लेखिएको हुन्छ त्यो संख्या २० भन्दा माथि भए सेफ पास अनिवार्य छ।

तर समुन्द्र किनार, पार्क , ड्याम , प्राकृतिक ट्रेल जस्ता क्षेत्रमा जाँदा भने सेफ पास चाहिंदैन।

तर खुद्रा व्यापारी, रेस्टुरेन्ट वा व्यवसायले प्रवेश द्वारमा सेफ पास आवश्यक छ कि छैन स्पस्ट रुपमा लेखेर टास्नु पर्ने भनिएको छ।

अब देखि सार्वजनिक यातायात यानी लोकल या इन्टरसिटि बस वा ट्याक्सी चड्दा पनि सेफ पास अनिवार्य गरिएको हो। ट्युसन सेन्टर, सामाजिक कार्य र गर्मियामका स्कुल मा पनि सेफ पास अनिवार्य रहेको छ।

बेकरी सुपरमार्केट वा मिनी मार्केट जाँदा पनि स्टाफ सहित २० जना भन्दा बढी हुना साथ सेफ पास चाहिने बताइएको छ। यदि कुनै ग्राहक ले सेफ पास देखाउन मनाही गरे वा सो स्थान बाट निस्किन नमानेमा म्यानेजर वा मालिक ले प्रहरी लाई बोलाउन सक्ने बताइएको छ।

क्याट्रिङ्ग सर्भिस, नाइट क्लब, पार्टी प्यालेस, डिस्को ले पनि एक टेबुल मा बस्ने १० जना सम लाइ मात्र सेवा दिन सक्नेछन तर नाँच्न भने प्रतिबन्ध लगाइएको छ। तर भ्याक्सिन लागेका ब्याक्ति ले आयोजना गरेको खंदामा भने नाच्न अनुमति पाइने भनिएको छ।

यो पनि पढ्नुहोस : साइप्रस बाट माछापुछ्रे बैंक मा खाता यसरी खोल्नुस्। STEP BY STEP PROCESS

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।