साइप्रस न्युज

सेफ पास विरुद्द राष्ट्रपति भवन अगाडि विरोध प्रदर्शन

शेयर गर्नुहोस्

१८ जुलाई २०२१/ लिमासोल

मंगलबार देखि लागु हुने सेफ पास नियम विरुद्द आज राष्ट्रपति भवन अगाडि विरोध प्रदर्शन  भएको छ।

राष्ट्रपति भवन निकोसियामा आइतबार सयौ संख्यामा आएका प्रदर्शनकारीले  सेफ पास नियम विरुद्द नारावाजी गरेका थिए।

विरोध प्रदर्शन गर्न सामाजिक संजालका ग्रुप र अनलाइन मा आह्वान गरिए पछि पम्प्लेट सहित सयौ  प्रदर्शनकारी राष्ट्रपति भवन पुगेका थिए।  प्रहरी को बाक्लो उपस्थिति भए पनि प्रदर्शन मा हस्ताक्षप भने गरेन।

सेफ पास को नियम  तुरुन्त रद्द गर्न, नि:शुल्क र्यापिड टेस्ट जारी राख्न र भ्याक्सिन नलगाएका कामदारले हप्तामा २ पटक टेस्ट गर्नु पर्ने नियम प्रति असन्तुस्टी जनाउदै बिरोध गरेका थिए।  सरकरले  अगस्ट १ बाट नि:शुल्क र्यापिड टेस्ट  बन्द गर्ने घोसणा गरि सकेको छ।

उनीहरुले राष्ट्रपति बाट भ्याक्सिन लगाउन अनिवार्य नभएको घोसणा गरिदिन पनि माग गरेका छन्।  भ्याक्सिन नलगाउदा अहिले भेदभाव को स्थिति सृजना भएको तर्क गरेका छन्।  पब्लिक र प्राइभेट सेक्टरमा कार्यरत कामदारले भ्याक्सिन नलगाउदा जागिर जाने घम्की पाएका छन् भने कतिले ब्ल्याकमेलिङ्ग को सामना गर्नु परेको प्रदर्शनकारी को गुनासो थियो।

प्रदर्शनकारीहरूले “अवैध र असंवैधानिक आदेशहरू तत्काल रद्द गर्नु पर्ने ” माग राखेको आज को साइप्रस मेल मा प्रकाशित समाचार मा उल्लेख छ।

मंगलबार जुलाई २० तारिखबाट सेफ पास को नियम कडाइका साथ लागु हुदै छ।

बाह्र वर्ष भन्दा माथिका व्याक्तिले २० जना भन्दा बढी जम्मा हुने इन्डोर वा आउटडोर स्थान मा सेफ पास चाहिने भएको छ। व्यवसाय वा पसल मा स्टाफ सहित २० जना भन्दा बढी हुने भएमा सो स्थानमा जान सेफ पास आवश्यक पर्ने छ।

यदि तपाइँ सुपरमार्केट जादै हुनु हुन्छ जहाँ २० जना भन्दा बढी अट्ने क्षमता छ भने त्यहाँ सेफ पास आवस्यक पर्ने बताइएको छ।

अधिकांस पसल, स्टोर वा बिल्डिंग मा जाँदा एक पटक मा उल्लेख गरिएको संख्या २० भन्दा माथि भए सेफ पास अनिवार्य छ।

के हो यो सेफ पास भनेको ?
कोरोना भ्याक्सिन को कम्तिमा पहिलो डोज वा दोस्रो डोज लिएको सर्टिफिकेट लाई सेफपास भनिएको छ। साथै कोभिड टेस्ट गरेको ७२ घण्टा नपुगेको नेगेटिभ रिपोर्टलाई पनि सेफ पास को रुपमा मान्यता दिएको छ।

गत ६ महिनामा कोरोना संक्रमित भएको प्रमाणलाइ सेफपास भनिएको हो। साथै, युरोपियन युनियन ले जारी गरेको डिजिटल सर्टिफिकेट ले पनि सेफ पास को रुपमा काम गर्नेछ।

यो पनि पढ्नुहोस् : साइप्रसमा लकडाउन नहुने तर सेफ पास कडाइका साथ लागु हुने

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “सेफ पास विरुद्द राष्ट्रपति भवन अगाडि विरोध प्रदर्शन

Comments are closed.