साइप्रस न्युज

आइतबार ८५८ मा कोरोना संक्रमण पुष्टी, एक को मृत्यु

शेयर गर्नुहोस्

समिम मियाँ
१८  जुलाई २०२१/लिमासोल

शनिवार ९२८ मा संक्रमण पुष्टी भएकोमा आइतबार  यो संख्या केहि घटेर ८५८  मा झरेको  छ भने कोरोना का कारण एक को मृत्यु भएको छ। मृत्यु हुने मा ८६ वर्षीय वृद्धा भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

दैनिक बढेको कोभिड संक्रमित बिरामी अधिकांस ३० वर्ष मुनिका युवा रहेको देखिएको छ। देश भरिका अस्पतालमा कोभिड को बिरामीको संख्यामा पनि उछाल आएको छ। अहिले २१८  जना भर्ना भएका छन् जसमध्य ५५ जना गम्भीर भएकाले आइसीयु र एचडीयु मा भर्ना गरिएको छ।

यो संगै पोजेटिभिटि दर पनि १.२१    प्रतिशत भएकोछ।

स्वास्थ्य मन्त्रालयले आइतबार दिनभरिको टेस्टको जानकारी दिदै ७०,८०९  नमुनाको पिसिआर र र्यापिड टेस्ट गरिएकोमा ८५८  जनामा मा संक्रमण देखिएको बताएको हो ।

पापोस र लार्नाका एयरपोर्ट बाट  १४   जना, व्यक्तिगत रुपमा चेक गराउने ७५   जना, जनस्वास्थ्य ल्याब बाट ९  जना मा कोरोना पोजेटिभ देखिएको हो।

प्राइभेट ल्याब र फार्मेसीमा गराइएका  मध्य ६०   जना र सरकारी नि:शुल्क र्यापिड टेस्ट कार्यक्रम अन्तर्गत ७००   जना मा कोरोना पुस्टी भएको हो।

देश भरका विभिन्न जिल्ला मा गरिएको सरकारी नि:शुल्क र्यापिड टेस्ट कार्यक्रम अन्तर्गत  ७००  बिरामी फेला परेका मध्य निकोसियामा २२१   जना, लार्नकामा १४७    जना, लिमासोलामा १९४    जना, पापोसमा ७० जना , फामागुस्तामा ६८   जनामा संक्रमण पुष्टी भएको हो।

जिल्ला अनुसार धेरै संक्रमण निकोसिया मा रहेको देखिएको छ।

आज को ताजा आंकडा अनुसार गत वर्ष मार्च देखि हाल सम्म ९१,१९६  जना संक्रमित भै सकेका छन्।

कोभिड बढे संगै अहिले देश भरिका हस्पिटलमा २१८  जना कोभिड का बिरामी भर्ना भएका छन्। अस्पताल भर्ना हुने ९१.४ % बिरामी ले कोरोना बिरुद्ध को खोप नलगाएका व्याक्ति हुन्।

जसमध्य ५५ जनाको अवस्था गम्भिर रहेको छ।

कोरोनाको कारण हाल सम्म ३८५  को ज्यान गैसकेको छ।

यो पनि पढ्नुहोस : साइप्रसमा लकडाउन नहुने तर सेफ पास कडाइका साथ लागु हुने

यो पनि पढ्नुहोस  : सेफ पास विरुद्द राष्ट्रपति भवन अगाडि विरोध प्रदर्शन

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।