साइप्रस न्युज

साइप्रसमा ट्रोल र मिम बनाएर नथाक्ने अनिल

शेयर गर्नुहोस्
समिम मियाँ
१९ जुलाई २०२१/ लिमासोल

“तिम्रो पोस्ट देखेर तिम्लाई गोलि हान्न मन लागिसक्यो , भाइ पोस्ट गर्न छोड। ”

यस्तो म्यासेज आउनु चितवन का अनिल जंग क्षेत्रीलाई अब नौलो होइन।  कारण हो, उनले बनाउने मिम र ट्रोल।

साइप्रस का अधिकांस नेपाली जोडिएको फेसबुक ग्रुप “नेपालीको साइप्रस जिन्दगी” मा शनिवार धेरै ट्रोल र मिम पोस्ट हुन्छ।  ति मध्य अधिकांस आइतबार छुट्टी निस्कने तयारी मा रहेका नेपाली प्रति लक्षित हुन्छ।

टिकटक बनाउने, चटपटे बेच्ने, फोटो खिच्ने, भेटघाट गर्ने  लगायत नेपालीले गर्ने विभिन्न  गतिविधि बारे व्याङ्ग्यात्मक मिम हास्यास्पद हुने गर्छ।

उसो त फेसबुक मा थुप्रै मिम्स र ट्रोल ग्रुप हरु छन् तर साइप्रसलाई लक्षित गरेर समसामायिक बनाउन उनि खप्पिस छन्।

जोकले  हामिलाई हँसाउछ, मिम्स एक तस्विर सामग्री हो  जसले कसैलाई चोट नपुर्‍याई हँसाउन को लागि बनाइन्छ। युवा पुस्ता ले आजकल  क्यारिकेचर गरेर, भ्वाइस दबिंग गरेर, फोटो ओभर ले गरेर पनि मिम्स बनाउने गर्दछन्।

मिम्स क्रियटर ले गहन कुरा पनि तस्बिर र क्याप्सन  मार्फत सहजै सबै ले केहि शब्द मै बुझ्ने गरि प्रवाह गर्ने गर्दछन्।

ट्रोल ले अनलाइन समुदायमा कसैको मजाक उडाउन,  तर्क राख्न र विवाद पनि सृजना गराउने गर्दछ।

 

यी कुरा बारे अनिललाई राम्रो संग थाहा छ।  उनि ३ वर्ष अघि विधार्थी का रुपमा साइप्रस भित्रिएका हुन्।  युरोप पुगेर के के गरौला भन्ने सोचेर आएका उनि साइप्रसको परिवेश बुझ्दा बुझ्दै एक वर्ष पुग्यो। समयले बिस्तारै सबै सिकायो।

काम नापाइएको बेला काम को खोजि गर्दै गर्दा  कामदार आवश्यक  भनेर फेसबुक तिर पोस्ट गरेको देखे।

काम पाइने आशमा कमेन्ट गर्दा इनबक्स मा आउँ भनेर काम लगाइदिएको २०० देखि ३०० युरो सम्म माग्ने गरेको तितो अनुभव अभिकांस बाट पाए।

कोठा खोज्दा पनि यस्तै अनुभव उनले पाएका थिए।  चितवन सेवा समाज साइप्रसमा जोडीए पछि नेपाली समाजमा भएका विकृति, विसंगती, पिडा, दुख बारे नजिक बाट बुझ्ने मौका पाए। विधार्थीका समस्या त उनले बुझेकै थिए।

उनले यसै अनुभवलाई ट्रोल र मिम बनाउने आधारको रुपमा लिएर सुरुवात गरे। केहि समय उनि “मिम्स चिल्ली” ट्रोल पेज मा पनि जोडिए।  तस्बिर र भिडियो मिम्स बनाएर फेसबुक मा पोस्ट गर्दा आउने प्रतिक्रिया ले उनलाई अझै हौसला दिलायो।।।।

अनिल दैनिक जसो काम मा जाँदा बस को यात्रा गर्नु पर्छ।  यहि यात्राको  समयलाई उनले सदुपयोग गर्छन। मोबाइल बाटै मिम्स र ट्रोल भिडियो सम्पादन गर्छन। दिनभरीको काम र पढाइको  थकान मेट्न साँझपख फेसबुक ग्रुप “नेपालीको साइप्रस जिन्दगी” तिर आँखा लगाउदा भेटिने पोस्टले दैनिक नयाँ मिम्सको सृजना हुन्छ।  भोलि पल्ट पुन: बस को यात्रामा अघिल्लो साँझ सृजित मिम्स ले तस्बिर वा भिडीयो मा जीवन पाउँछ।

“भएकै कुरा, देखेकै कुरा लाई मिम्स मा उतार्ने हो  ” उनि भन्छन।  आफ्नो मिम्स हेरेर कहिले काही आफै पनि “डल्लो” परेर हास्ने गर्छन।

घरेलु कामदारको रुपमा साइप्रस आउने महिलाहरु को पिडालाई पनि शसक्त मिम बनाएर  पोस्ट गर्ने गरेका अनिल सामाजिक संघसंस्था हुने किचलो लाई पनि बाँकी राख्दैनन्।

ट्रोल को लागि कहिले काही भने जस्तो  फोटो नहुदा आफ्नै फोटो प्रयोग गर्ने गर्दछन उनि।

केहि भिडीयो हरु :

(अनिल संग को कुराकानी मा आधारित )

यो समाचार पनि पढ्नुहोस् : चितवन सेवा समाज साईप्रसको तेस्रो अधिवेशन जुलाई २५ तारिखमा हुने

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।